१३ असार २०८३, शनिबार | June 28, 2026

संसदीय निर्वाचन सम्पन्न भएको ३ वर्ष पुग्नथाल्दा निर्वाचनका बागी उम्मेदवार कांग्रेसबाट निस्काशित



काठमाडौं । संघीय संसदको निर्वाचन सम्पन्न भएको ३ वर्ष पुग्नै लाग्दा नेपाली कांग्रेसको अनुशासन समितिले निर्वाचनमा बागी उम्मेदावारी दिने तथा निर्वाचनमा आधिकारीक उम्मेदवारलाई असहयोग गर्ने ३ जनालाई पार्टीबाट निस्काशन गरेको छ ।

गत निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारका बिरुद्ध बागी उम्मेदवारी दिएका तथा असहयोग गरेको अभियोग लागेका तनहुँका गोविन्दराज जोशी, कैलालीका पुस्करनाथ ओझा र डडेल्धुराका रामबहादुर विष्टलाई कांग्रेसले पार्टीबाट निस्काशन गरेको हो ।

गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशी र निर्वाचनमा पार्टी सभापति पत्नी आरजु राणा देउवालाई चुनाव हराउन भूमिका खेलेका ओझालाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको कांग्रेसको अनुशासन समितिले जनाएको छ ।

यस्तै कांग्रेसले डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ । उनीहरु विरुद्ध निर्वाचन सम्पन्न भए लगत्तै अनुशासनको कारवाही गर्नका लागि उजुरी परेको थियो ।

उजुरीका आधारमा अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेकोमा तीनै जनाले सन्तोषजनक जवाफ नदिएको भन्दै पार्टीको अनुशासन उल्लंघन गरेको ठहर गर्दै पार्टीबाट निस्काशन गर्ने निर्णय भएको समितिले बताएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ९ : २३ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट