२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

आरडीटी पोजेटिभ देखिएका वीरगन्जका एक वृद्धको कोरोना अस्पतालमा मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी



वीरगन्ज । वीरगन्जको कोभिड अस्पतालमा उपचार गराइरहेका अर्का एक बिरामीको मृत्यु भएको छ ।

गण्डक कोभिड अस्पतालमा उपचाररत वीरगन्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो । उनको शनिबार साँझ आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

शनिवार साँझ वीरगंज हेल्थ केयर हस्पिटलमा आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि राति ८ बजेतिर गण्डक अस्पतालमा लगिएको थियो ।

पहिलेदेखि नै मुटु र मधुमेहका रोगी रहेका उनलाई स्वास्प्रस्वासमा समस्या देखिएपछि शनिबार नारायण अस्पतालमा उपचाका लागि लगिएको थियो । नारायणी अस्पतालमा स्वाब दिएका उनलाई साँझ हेल्थकेयर हस्पिटल पुर्याइएको थियो ।

अस्पतालमा उपचारको क्रममा राखिएका ती वृद्धको राति ११ बजेतिरबाट स्वास्थ्य अवस्था गम्भीर बन्दैगएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उनको बिहान मृत्यु भएको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले बताए।

मृतक वृद्ध वीरगन्ज आदर्शनगरका व्यापारी हुन् । यसअघि वीरगन्जमै दुई दिनमा तीन जनाको कोराना संक्रमणकै कारण मृत्यु भैसकेको छ ।

निरन्तर कोरोना संक्रमण बढ्न थालेपछि शनिबार बिहानदेखि वीरगन्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ११ : २७ बजे

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा ५१ लाखभन्दा बढी मतसहित अग्रस्थानमा

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

पर्वतमा अफ्रिकन स्वाइन फिभरले ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन