१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

प्रभु बैंकले १० प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने,साउन २३ गते देखि भदौ १ गतेसम्म आवेदन दिन सकिने



काठमाडौं । प्रभु बैंकले साउन १९ गतेदेखि १० प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरले २ अर्ब रुपैयाँ बराबारको  २० लाख कित्ता ऋणपत्र १० प्रतिशत ब्याजदरमा निष्काशन गर्ने लागेको हो ।
ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकले निष्काशन गर्न लागेका ऋणपत्र मध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । यस्तै बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ७ लाख ६० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड तोकेको छ। ऋणपत्रमा छिटोमा साउन २३ गते देखि भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ११ : ३६ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम