२१ माघ २०८२, बुधबार | February 4, 2026

तिनाउ मिसन डेभलपमेन्ट बैंकले सार्वजनिक गर्यो वित्तीय विवरण, बैंकको खुद नाफा १९ करोड ६८ लाख



बुटवल । प्रदेश ५ को राजधानी बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १९ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८२.८९ प्रतिशत बढी हो। बैंकले अघिल्लो आर्थिक वर्षमा बैंकले ४ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वित्तीय विवरण अनुसार बैकलाई कोरोना भाइरसको असर नपरेको  बुभिन्छ ।

यस्तै बैंकको खुद ब्याज आम्दानी ६५ करोड ३० लाख पुगेको छ भने सञ्चालन मुनाफा १५ करोड ५४ लाख रुपैयाँ बढेर २८ करोड पुगेको छ। असार मसान्तसम्म बैंकको वितरण योग्य मुनाफा ११ करोड २९ लाख रुपैयाँ रहेको छ।

नाफा सँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्ष ७ रुपैयाँ १६ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्ष बढेर १० रुपैयाँ ८५ पैसा भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ८६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३१२ गुणा रहेको छ।

बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड ३१ लाख रहेको छ । यस्तै बैंकको जगेडा कोषमा २९ करोड ४२ लाख रुपैयाँ र शेयरधनी कोषमा १२ करोड ३ लाख रुपैयाँ सञ्चित छ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १२ : ५२ बजे

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास