१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

बाँकेमा आन्तरिक राजश्व पछि यातायात व्यवस्था कार्यालयका कर्मचारीलाई संक्रमण, दुबै कार्यालय सिल



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको छ । शनिबार नागरिक उपस्थिति बढी रहने आन्तरिक राजश्व कार्यालयका एकजना अधिकृतलाई कोरोना पुष्टि भएको थियो । त्यसको भोलिपल्टै आज नागरिकको भिडभाड हुने अर्को कार्यालय यातायात व्यवस्था कार्यालयकी एकजना कम्प्युटर अप्रेटरमा कोरोना भाइरस पुष्टि भएको छ ।

बाँकेका दुई वटा बाक्लो नागरिक उपस्थितिीरहने कार्यालयमा कोरोना भाइरस प्रवेश गरेसँगै बाँकेमा कोरोनाको जोखिम ह्वात्तै बढेको छ । असार १ गतेदेखि सरकारी कार्यालय सञ्चालन गर्ने निर्णयसँगै खबरकुराले यातायात व्यवस्था कार्यालयका कर्मचारी कुनै पनि बेला संक्रमित हुन सक्ने औंल्याएको थियो । खबरकुराकै आंकलन मिल्ने गरी नेपालगन्जबाट यातायातको कर्मचारीलाई संक्रमण पुष्टि भएका छ ।

सरकारले लकडाउन हटाएसँगै समुदायस्तरमा फैलिन सुरु गरेको कोरोना भाइरस चाप हुने सरकारी कार्यालय अन्तर्गत शनिबार राजश्व कार्यालय र आईतबार यातायात व्यवस्था कार्यालयमा कार्यरत कर्मचारीहरुमा देखिन थालेको छ ।

सरकारले समुदायमा कोरोना फैलिई नसकेको दाबी गरेपनि नेपालगन्जमा मिठाई पसलेदेखि जनमानसको बाक्लो उपस्थिति रहने कार्यालयका कर्मचारीमा भाइरस देखिनुले समुदायमा कोरोना प्रवेश गरेको पुष्टि गरेको छ ।

आन्तरिक राजश्व कार्यालयमा कार्यरत एक जना कर अधिकृत र यातायात व्यवस्था कार्यालयको सवारी शाखामा कार्यरत एक जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै दुबै कार्यालयहरु सिल गरिएका छन् ।

आर्थिक वर्ष समाप्तीसँगै राजश्व बुझाउन आउने व्यवसायीहरुको ठूलो संख्या र लामो लकडाउनपछि सवारी, लाईसेन्स, खरिद बिक्रि जस्ता काम गर्न आउनेको भिडलाई कन्ट्याक्ट ट्रेसिङमा राख्न असम्भव जस्तै देखिएको छ ।

कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका र घुलमिल भएकाहरुको पहिचान गरी सबैको पीसीआर जाँचको तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोनाका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

सुरु सुरुमा लक्षण बिनाको संक्रमित फेला परेपनि पछिल्लो समय लक्षण सहितको संक्रमित फेला पर्न थालेको उनले बताए । श्रेष्ठका अनुसार पछिल्लो दिनमा भेटिएका संक्रमित क्वारेन्टिनमा नबसेका र समुदायमै संक्रमित देखिएका हुन् ।

बाँकेमा यतिबेला कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि जोखिम बढेको छ । लकडाउन हटिसकेको र वैदेशिक रोजगारीका क्रममा भारत लगायत अन्य मुलुकबाट घर फर्किने नागरिकलाई स्थानीय तहहरुले क्वारेन्टिनमा राख्न छोडेपछि जोखिम बढेको हो ।

स्वास्थ्य कार्यालयले क्वारेन्टाइन नहटाउन स्थानीय तहलाई आग्रह गरेपनि पछिल्लो समय जनप्रतिनिधिहरुले होम क्वारेन्टिन भन्दै भारत लगायतबाट आउने नेपालीलाई सिधै घर पठाउने गरेका छन् ।

स्थास्थ्य कार्यालयले यस अघि नै स्थानीय तहलाई क्वारेन्टिनको आवश्यकता अझै रहेको भन्दै व्यववस्थापन कायम राख्न आग्रह गरिएको फोकल पर्शन श्रेष्ठले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ४ : ०६ बजे

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान