१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बाँकेमा आन्तरिक राजश्व पछि यातायात व्यवस्था कार्यालयका कर्मचारीलाई संक्रमण, दुबै कार्यालय सिल



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको छ । शनिबार नागरिक उपस्थिति बढी रहने आन्तरिक राजश्व कार्यालयका एकजना अधिकृतलाई कोरोना पुष्टि भएको थियो । त्यसको भोलिपल्टै आज नागरिकको भिडभाड हुने अर्को कार्यालय यातायात व्यवस्था कार्यालयकी एकजना कम्प्युटर अप्रेटरमा कोरोना भाइरस पुष्टि भएको छ ।

बाँकेका दुई वटा बाक्लो नागरिक उपस्थितिीरहने कार्यालयमा कोरोना भाइरस प्रवेश गरेसँगै बाँकेमा कोरोनाको जोखिम ह्वात्तै बढेको छ । असार १ गतेदेखि सरकारी कार्यालय सञ्चालन गर्ने निर्णयसँगै खबरकुराले यातायात व्यवस्था कार्यालयका कर्मचारी कुनै पनि बेला संक्रमित हुन सक्ने औंल्याएको थियो । खबरकुराकै आंकलन मिल्ने गरी नेपालगन्जबाट यातायातको कर्मचारीलाई संक्रमण पुष्टि भएका छ ।

सरकारले लकडाउन हटाएसँगै समुदायस्तरमा फैलिन सुरु गरेको कोरोना भाइरस चाप हुने सरकारी कार्यालय अन्तर्गत शनिबार राजश्व कार्यालय र आईतबार यातायात व्यवस्था कार्यालयमा कार्यरत कर्मचारीहरुमा देखिन थालेको छ ।

सरकारले समुदायमा कोरोना फैलिई नसकेको दाबी गरेपनि नेपालगन्जमा मिठाई पसलेदेखि जनमानसको बाक्लो उपस्थिति रहने कार्यालयका कर्मचारीमा भाइरस देखिनुले समुदायमा कोरोना प्रवेश गरेको पुष्टि गरेको छ ।

आन्तरिक राजश्व कार्यालयमा कार्यरत एक जना कर अधिकृत र यातायात व्यवस्था कार्यालयको सवारी शाखामा कार्यरत एक जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै दुबै कार्यालयहरु सिल गरिएका छन् ।

आर्थिक वर्ष समाप्तीसँगै राजश्व बुझाउन आउने व्यवसायीहरुको ठूलो संख्या र लामो लकडाउनपछि सवारी, लाईसेन्स, खरिद बिक्रि जस्ता काम गर्न आउनेको भिडलाई कन्ट्याक्ट ट्रेसिङमा राख्न असम्भव जस्तै देखिएको छ ।

कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका र घुलमिल भएकाहरुको पहिचान गरी सबैको पीसीआर जाँचको तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोनाका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

सुरु सुरुमा लक्षण बिनाको संक्रमित फेला परेपनि पछिल्लो समय लक्षण सहितको संक्रमित फेला पर्न थालेको उनले बताए । श्रेष्ठका अनुसार पछिल्लो दिनमा भेटिएका संक्रमित क्वारेन्टिनमा नबसेका र समुदायमै संक्रमित देखिएका हुन् ।

बाँकेमा यतिबेला कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि जोखिम बढेको छ । लकडाउन हटिसकेको र वैदेशिक रोजगारीका क्रममा भारत लगायत अन्य मुलुकबाट घर फर्किने नागरिकलाई स्थानीय तहहरुले क्वारेन्टिनमा राख्न छोडेपछि जोखिम बढेको हो ।

स्वास्थ्य कार्यालयले क्वारेन्टाइन नहटाउन स्थानीय तहलाई आग्रह गरेपनि पछिल्लो समय जनप्रतिनिधिहरुले होम क्वारेन्टिन भन्दै भारत लगायतबाट आउने नेपालीलाई सिधै घर पठाउने गरेका छन् ।

स्थास्थ्य कार्यालयले यस अघि नै स्थानीय तहलाई क्वारेन्टिनको आवश्यकता अझै रहेको भन्दै व्यववस्थापन कायम राख्न आग्रह गरिएको फोकल पर्शन श्रेष्ठले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ४ : ०६ बजे

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार