४ पुस २०८२, शुक्रबार | December 20, 2025

आइतबार बिहान मृत्यु भएका वीरगन्जका वृद्धलाई कोरोना पुष्टी



वीरगन्ज । वीरगन्जको कोभिड अस्पतालमा उपचार गर्दागर्दै आइतबार बिहान मृत्यु भएका वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

गण्डक कोभिड अस्पतालमा उपचाररत वीरगन्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको थियो । उनको शनिबार साँझ आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि गण्डक अस्पतालमा भेन्टिलेटरमा उपचार भैरहेको थियो ।

शनिवार साँझ वीरगंज हेल्थ केयर हस्पिटलमा आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि राति ८ बजेतिर उनलाई गण्डक अस्पतालमा लगिएको थियो ।

पहिलेदेखि नै मुटु र मधुमेहका रोगी रहेका उनलाई स्वास्प्रस्वासमा समस्या देखिएपछि शनिबार नारायणी अस्पतालमा उपचाका लागि लगिएको थियो । नारायणी अस्पतालमा स्वाब दिएका उनलाई साँझ हेल्थकेयर हस्पिटल पुर्याइएको थियो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ति वृद्धको रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।

गण्डक अस्पतालमा उपचारको क्रममा राखिएका ती वृद्धको स्वास्थ्य अवस्था राति ११ बजेतिरबाट गम्भीर बन्दैगएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर, आइतबार बिहान मृत्यु भयो ।

मृतक वृद्ध वीरगन्ज आदर्शनगरका व्यापारी हुन् । यसअघि वीरगन्जमै दुई दिनमा तीन जनाको कोराना संक्रमणकै कारण मृत्यु भैसकेको छ ।

यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

निरन्तर कोरोना संक्रमण बढ्न थालेपछि शनिबार बिहानदेखि वीरगन्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ८ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको