४ पुस २०८२, शुक्रबार | December 20, 2025

खातामा रकम मौज्दाज नराखि चेक काट्ने काठमाडौंका महर्जन बैंकिङ् कसुर अभियोगमा पक्राउ



काठमाडौं । खातामा रकम बिना चेक दिएर बैकिङ कसूर मुद्दाका फरार काठमाडौं कलंकीका राजेन्द्रकुमार महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने काठमाडौं महानगरपालिका-१४ कलंकी घर भएका महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७६ माघ २० गतेको फैसलाले १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसलासँगै महर्जन फरार भएका थिए ।

उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार महर्जनले नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खाता नम्बर ०५२०५०५००६३९३० को खातामा पर्याप्त मौज्दात रकम नभएकै अवस्थामा २०७५ भदौ ५ गते चेक काटेर दिएकोमा उजुरीकर्ताले पटक पटक बैंकबाट भुक्तानी लिन जाँदा पनि रकम नभएको बताईएपछि बैंकिङ् कसुरमा उजुरी दिएका थिए ।

अदालतले बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी कैद र जरिवाना हुने फैसला गरेको थियो ।

महर्जनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको