८ कार्तिक २०८३, आइतबार | October 25, 2026

कांग्रेस एकताका लागि महामन्त्री पौडेलको अपिल



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम राख्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्तमान प्रतिकूल परिस्थितिमा पार्टीभित्र विभाजन भएर कमजोर बन्न नहुने बताएका हुन्। देशका विभिन्न संकटका बेला नेपाली कांग्रेस सधैं एकजुट भएर अघि बढेको स्मरण गर्दै उनले त्यही एकताले विगतमा ऐतिहासिक परिवर्तनको नेतृत्व गर्न सम्भव भएको उल्लेख गरेका छन्।

महामन्त्री पौडेलले अहिलेको चुनौतीपूर्ण अवस्थालाई सामना गर्न पनि पार्टीभित्र एकता आवश्यक रहेको बताएका छन्। आफू महामन्त्री मात्र नभई एक इमानदार कार्यकर्ताका रूपमा सबैलाई एकजुट हुन आग्रह गरेको उनको भनाइ छ।

‘अहिलेको प्रतिकूल अवस्थामा हामी छिन्नभिन्न भएर कमजोर हुनु हुँदैन,’ उनले भनेका छन्, ‘म पार्टी महामन्त्री मात्र होइन, एक इमानदार कार्यकर्ता भएर सबैलाई एकताबद्ध हुन आग्रह गर्छु।’

उनले पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई एकतामै शक्ति निहित रहेको स्मरण गराउँदै सोही एकताको बलमा फेरि उज्यालो भविष्य निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ११ : ०१ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको