२ जेष्ठ २०८२, शुक्रबार | May 16, 2025

कैदीबन्दीको पिसिआर परीक्षण गराउन उच्च अदालतको अन्तरिम आदेश



नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले कारागार तथा बाल सुधार गृहमा रहेका कैदीबन्दी तथा बालबालिकासित दिनानुदिन सम्पर्कमा आउने सुरक्षाकर्मी र कर्मचारीको पिसिआर परीक्षण गराउन अन्तिरिम आदेश जारी गरेको छ ।

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीश हेमराज पन्तको एकल ईजलासले कैदीबन्दी तथा बालसुधार गृहमा रहेका बालबालिकासँग संसर्गमा रहने सुरक्षाकर्मी र कर्मचारीहरुको पिसिआर परीक्ष्ण गराउन अन्तरिम आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँके, कारागार कार्यालय बाँके,बाल सुधारगृह डुडुवा, स्वास्थ्य कार्यालय बाँके र ती कार्यालयका प्रमुखलाई बिपक्षी बनाएर अदालतमा परेको निबेदनको सुनुवाई गर्दै बिपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

अन्तिरिम आदेशमा कारागार तथा बाल सुधार गृहमा रहेका कैदीबन्दी तथा बालबालिकासित दिनानुदिन सम्पर्कमा आउने सुरक्षाकर्मी र कर्मचारीहरुलाई कोरोना संक्रमण भए नभएको एकिन गर्न पिसिआर परीक्षण गराउने, पिसिआर परीक्षण गर्न सबै जनाको एकै साथ सम्भव नभएमा जेष्ठ नागरिक, अन्य रोगबाट पीडित व्यक्ति,नाबालक,महिलाहरुको पहिलो चरणमा र त्यसपछि चरणबद्ध रुपमा परीक्षण गराई राख्ने, कारागार वा बाल सुधार गृहमा नयाँ आउने कैदीबन्दी वा बालबालिका र सुरक्षाकर्मी एवम् कर्मचारीहरुलाई अनिवार्य कोरोना परीक्षण गराउन आदेश गरेको छ ।

अदालतले हाल भैरहेको कारागार एवंम् बाल सुधार गृहमा स्थान अभावको अवस्था रहेको हुँदा सामाजिक दुरी त्यति संम्भव नदेखिए पनि संम्भव भएसम्म सामाजिक दुरी कायम गर्न लगाई मास्क,सेनिटाईजर एवंम् साबुन जस्ता स्वास्थ्य मापदण्डहरुको अनिवार्य पालना गर्न लगाउने, कैदीबन्दी तथा बालबालिकाका लागि बाहिरबाट ल्याईने खाद्य सामग्री समेतलाई सेनिटाइज गरी मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउन बिपक्षीलाई आदेश दिएको छ ।

कारागारमा ड्युटि गर्ने सुरक्षाकर्मी र कैदीबन्दीमा समेत कोरोना देखिन थालेपछि उनीहरुको स्वास्थ्य माथिको हक दिलाउन भन्दै नेपालगन्ज्का अधिवक्ताहरु सुनिल श्रेष्ठ, बसन्त गौतम, लोकबहादुर शाह, बल बहादुर चन्द लगायतले मरमादेश सहित अन्तरिम आदेसको रिट निबेदन अदालतमा दर्ता गराएका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १० : २२ बजे

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरू भएको सगरमाथा

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : अध्यक्ष प्रचण्ड

डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पूर्व खेलाडीहरुको संगठनलाई देशब्यापी विस्तार गरिने

नेपालगन्ज । नेपालगन्जमा गठन भएको पूर्व खेलाडी समाज बाँकेले देशभरका

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

काठमाडौँ । हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण

गभर्नर नियुक्तिमा ढिलाइ हुँदा आर्थिक क्षेत्रमा नकारात्मक असर पर्छ : अध्यक्ष प्रचण्ड

बैतडी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’