१५ चैत्र २०८२, आइतबार | March 29, 2026

पहिलो डिजिटल बैंक बन्ने अभियानमा एनआइसी एसिया ,डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘Digital Account Opening’ प्रणालीको सुरुवात



काठमाडौं । एनआइसी एशिया बैंकले आफ्ना सेवाहरू डिजिटल माध्यममा लैजाने क्रमलाई निरन्तरता दिँदै आएको छ । यसैक्रममा बैंकले बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘Digital Account Opening’ प्रणालीको सुरुवात गरेको छ ।

उक्त प्रणालीमार्फत फारमको सट्टा खाता खोल्नको लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठा छाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता सहज तरिकाले खोल्न सक्ने व्यवस्था गरेको बैंकले जनाएको ।

यस प्रणालीमा सेवाग्राहीहरूले चमत्कारिक सुविधाहरूले भरिपूर्ण ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरू रहेका छन् । जसमध्ये ग्राहकलेआफुले इच्छाएको खाता छनौट गरी बिना झन्झट आफ्नो खाता डिजिटल रुपमा खोल्न सक्नेछन् ।

कम्प्युटरमा दक्षता नभएका ग्राहकका लागि बैंककै कर्मचारीहरूको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिने समेत व्यवस्था गरेको छ । जसका लागि बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमा छुट्टै डिजिटल डेक्सको व्यवस्था गरेको छ ।

देशको  ‘Digital First  Bank’ बन्ने दीर्घकालीन लक्ष्यअनुरुप डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबारलाई बढाउनुका साथै आफ्ना अधिकतम सेवाहरूलाई डिजिटल माध्यममा लैजाने क्रममा ‘Digital Account Opening’ प्रणाली जस्तो नवीनतम सुविधा ल्याएको छ । यसरी खाता खोल्दा ग्राहकहरूलाई लामो फारम भर्ने तथा आफ्नो पालो कुरेर बस्ने झन्झटबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

बैंकले यसअघि आइसर्भ प्रणालीमार्फत सेवाग्राहीले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको यस बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाईन प्रणालीको शुभारम्भ गरिसकेको छ । यसको अलावा बैंकले मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौज्दात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत अनलाईन प्रणाली मार्फत सेवा दिईरहेको छ ।

डिजिटल फर्स्ट बैंक बन्ने अभिप्राय अनुसार यस बैंकले आफ्नो कार्यालयमा कागजबिहिन वातावरणको सृजना गरिरहेको छ । यससँगै बैंकले आफ्ना सेवाहरू तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रवाह गरी नेपाल सरकारको क्यासलेस इकोनोमीको अवधारणालाई सहयोग पु¥याउने रणनीति लिएको छ ।

यस बैंकका डिजिटल सर्भिसहरू जस्तै डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्गका प्रयोगकर्ताहरू २२ लाख रहेको अवस्थामा बैंकले विद्युतीय भुक्तानी तथा डिजिटल सेवाहरूलाई अझ परिस्कृत बनाउदै लैजाने उद्देश्य अनुरुप विद्युतीय भुक्तानी तथा सेवागत क्षेत्रहरूमा समेत डिजिटल प्रणालीको विकास गरिरहेको छ । साथै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्नका निमित्त बैंकले मोबाइल बैंकिङ्ग वा कार्डहरूमार्फत देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा कारोबार गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ४ : ५३ बजे

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा