१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

म्याग्दीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या २५ पुग्यो



म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा सोमबार थप चार जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

रुघाखोकी र ज्वरो आएपछि उपचारका लागि बेनी अस्पताल आएका मङ्गला गाउँपालिका–१ का ४१ वर्षीय पुरुष, धवलागिरि गाउँपालिका–६ ठेगाना भई हाल सिङ्गा बस्दै आएकी १९ वर्षीया युवती र बेनी नगरपालिका–४ का २५ वर्षीय पुरुषमा डेङ्गु सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।

सङ्क्रमितमध्ये दुई जना आइतबार र बेनपा–४ का २५ वर्षीय पुरुष साेमबार उपचारका लागि अस्पताल आएका थिए । सूचना अधिकारी सुवेदीका अनुसार सङ्क्रमित बिरामीमा उच्च ज्वरो आउने, शरीर दुख्नेलगायत लक्षण देखापरेको थियो । उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकाको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेसी दुख्ने डेङ्गुका मुख्य लक्षण हुन् ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सङ्क्रमण हुन्छ । अस्पतालको रेकर्डअनुसार हालसम्म डेङ्गु सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । रासस

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ६ : ४४ बजे

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान