४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्पेनिस खेलाडी तोरेसलाई अनुबन्धित गर्ने प्रयासमा म्यानचेस्टर सिटी



एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब भ्यालेन्सियाका विङ्गर फेरान तोरेसलाई अनुबन्ध गर्ने प्रयास गरेका छ ।

लिरोय सानेको स्थानमा तोरेसलाई ल्याउने तयारी पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले गरेको हो। भ्यालेन्सियाले तोरेसका लागि ४० मिलियन पाउण्ड माग गरेको छ । ला लिगा क्लबसँग तोरेको अझै एक वर्षको सम्झौता छ ।

बिबिसीका अनुसार २० वर्षका स्पेनिस खेलाडी तोरेस म्यानचेस्टर टिसी आउन चाहन्छन् ।

जर्मन फरवार्ड सानेले बुण्डेस लिगा जाइन्ट बार्यन म्युनिखका लागि म्यानचेस्टर सिटी छोडेका हुन् । प्रिमियर लिगमा दोस्रो भएको सिटीले यो समर विण्डोमा सेन्टर डिफेन्डरहरु पनि अनुबन्धित गर्ने तयारी गरेको छ ।

यसैबिच भ्यालेन्सियाले जावी ग्रासियालाई क्लबको नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । वाट्फोर्डका पूर्व प्रशिक्षक जावीले अब भ्यालेन्सियामा अल्बेर्तो सिलादेशको स्थान लिने छन् । गएको जुनमा सिलादेश बर्खास्त भएका थिए ।

जावी पनि गएको सिजन वाट्फोर्डलाई राम्रो नतिजा दिलाए पनि यो सिजन खराब प्रदर्शन गरेका कारण गएको सेप्टेम्बरमा बर्खास्त भएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ७ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको