२० आश्विन २०८३, मंगलबार | October 7, 2026

नेकपा स्थायी कमिटीको बैठक आज पनि स्थगित, अर्को बैठकको मिति अनिश्चित



काठमाडौं । पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य अपुग भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज पनि स्थगित भएको छ ।

नेकपाका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले सुचना टांस गरि आजको बैठक स्थगित भएको जनाएका छन् । सुचनामा सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम दुई अध्यक्षले प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले आज ११ः०० बजे हुने भनिएको पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको उल्लेख छ ।

स्थायी कमिटीको बैठक सचिवालय बैठकको निर्देशन बमोजिम अध्यक्षद्वयका बीचमा परामर्श एवम् गृहकार्य हुन बाँकी रहेको हुनाले स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आफ्नो फेसबुक वाल मार्फत जानकारी दिएका छन् । थापाको वालमा अध्यक्षद्वयका बीचमा परामर्श भएपश्चात बैठकको सूचना गरिने जनाईएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ११ : ०१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते