४ पुस २०८२, शुक्रबार | December 20, 2025

बालुवाटारमै प्रचण्डले अघि बढाए स्थायी कमिटीका बहुमत सदस्यहरुको बैठक, ओली पक्षका नेताहरु अनुपस्थित



काठमाडौं । अन्तरसंघर्ष विस्फोटक अवस्थामा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थगित गरिएको भनिएको बैठक बहुसंख्यक सदस्यको उपस्थितिमा अघि बढेको छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठकलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यहरुको बैठकलाई अघि बढाएका हुन् ।

बैठकलाई अघि बढाउँदै प्रचण्डले बैठकलाई ठ्याक्कै स्थायी कमिटीको बैठक नभनेर स्थायी कमिटीका बहुमत सदस्यहरुको बैठक भनेका छन् ।

पार्टीमा अझै पनि सहमतिको खोजी आवश्यक रहेको भन्दै प्रचण्डले बैठकको निरन्तरता भन्दा पार्टी दुर्घटनामा पर्न सक्ने बताएका थिए । प्रचण्डले ओलीले अध्यक्षात्मक प्रणालीलाई नै चुनौति दिनेगरी बिहान स्थगित गरेको काम वैधानिक नभएको टिप्पणी गरेका छन् ।

ओलीले बैठक स्थगित गरेपछि पनि प्रचण्डसहितका सबै स्थायी कमिटी सदस्यहरु बालुवाटार पुगेका थिए । केही बेर ओलीसँग छलफल गरेका प्रचण्डले बैठक नरोक्ने निस्कर्षमा पुगेका हुन् ।

बिहानको बैठक एकपक्षीय रुपमा स्थगित गरेपछि ‘फायर’ भएका प्रचण्ड नेपाल पक्षका सबै नेताहरु बालुवाटार पुगेर बैठक अघि बढाउनुपर्ने माग गरेका थिए ।

बैठकमा ओली पक्षका नेताहरु भने सहभागी भएनन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  २ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको