१६ मंसिर २०८०, शनिबार | December 2, 2023

पश्चिमाञ्चल यातायात समितिमार्फत कर्मचारीको परिवारलाई दुर्घटना बीमाको १० लाख प्रदान



बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले आफना कर्मचारीको परिवारलाई दुर्घटना बीमाको १० लाख रुपैया प्रदान गरेको छ ।

समितिमा कार्यरत चौकी ईन्चार्ज गणेश अधिकारीको गत वर्ष अफिसको कामको दौरानमा मोटर साईकल दूर्घटनामा परि मृत्यु भएको थियो ।

अधिकारीको गत वर्षको असोज १७ गते बुटवल १२ ढवाहामा मोटर साइकल दुर्घटनामा परि ज्यान गएको थियो । दुर्घटना बीमा वाफत नेको ईन्सोरेनसमा गरिएको बीमा रकम आएसंगै अधिकारीको श्रीमती विवु अधिकारीलाई मंगलवार एक समारोहका बीच बीमा रकम समितिले प्रदान गरेको हो ।

४३ वर्षिय अधिकारी समितिको चौकी ईन्चार्जका रुपमा कार्यरत रहनु भएको र उहाँको एक छोरा एक छोरी रहेका छन ।

समितिका अध्यक्ष यम प्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की, महासचिव जित बहादुर भाट, सचिव बसन्त खडका, सेक्टर उपाध्यक्ष डिल्ली नारायण रिजाल, कार्यालय प्रमुख बावुराम अधिकारी लगायत समितिका सदस्य तथा कर्मचारीहरुको उपस्थितीमा बिमा रकम प्रदान गरिएको हो ।

यस अघि समितिको तर्फवाट कर्मचारीलाई गरिदिएको बीमावाट १ लाख र समितिमा कार्यरत कर्मचारी युनियनले गरिदिएको बीमावाट पनि १ लाख रुपैया अधिकारीको परिवारलाई प्रदान गरिएको अध्यक्ष पाण्डेले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ४ : ५१ बजे

मृतकका परिवारलाई सात लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो आम्दा अस्पतालबाट भावनाको शव

बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा मृत्यु

मधेस प्रदेशले जित्यो केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेटको उपाधी

पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी

कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन आजबाट बुटवलमा सुरु

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन बुटवलमा आजबाट

टी-२० सिरिज : भारत एक खेल अगावै विजयी

काठमाडौं । अस्ट्रेलिया विरुद्धको टी-२० सिरिज भारतले जितेको छ ।

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा आशंक बदली, अन्य प्रदेशमा सफा

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ