१३ असार २०८३, शनिबार | June 28, 2026

तीन संवैधानिक आयोगका प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन



काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न तीनवटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समितिको बुधबारको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथि अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समिति सभापति शशी श्रेष्ठले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १८२ बमोजिम समितिको आन्तरिक काम कारबाही सञ्चालन गर्न वा समितिको कार्यक्षेत्र भित्रको विषयको अध्ययन गरी प्रतिवेदन दिन समितिका सदस्यहरु मध्येबाट उपसमिति गठन गर्न सक्ने प्रावधान अनुसार गठन गरिएको बताइन् ।

सांसद रेखा शर्माको संयोजकत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ । जसमा सांसदहरु झपड रावल, अमरेशकुमार सिंह, नवराज सिलवाल सदस्य रहेका छन् । सांसद यसोदा सुवेदीको संयोजकत्वमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ । जसमा सांसदहरु देवेन्द्रराज कंडेल, छक्कबहादुर लामा, तिर्था गौतम, प्रेम सुवाल सदस्य रहेका छन् ।

त्यस्तै सांसद विजय सुब्बाको संयोजकत्वमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ । जसमा सांसदहरु डिला संग्रौला, रामसहाय प्रसाद यादव, लक्ष्मी कुमारी चौधरी सदस्य रहनुभएको छ ।

सबै उपसमितिले आन्तरिक कार्यविधि आफै निर्माण गरेर अध्ययन गर्न सक्ने छन् । उपसमितिमा संयोजक सहित बढीमा ५ जना सदस्य रहन सक्ने व्यवस्था भएपनि दुई समितिमा चार जनाका दरले गठन गरिएको सभापति श्रेष्ठले बताए । त्यस्तै कुनै एक उपसमितिमा रहेको सदस्य अर्को उपसमितिको बैठकमा भाग लिन चाहेमा संयोजकको अनुमति लिएर सहभागि हुन सक्नेछन् । उपसमितिले आयोगको वार्षिक प्रतिवेदन अध्ययन गरी १५ दिनभित्र समितिमा प्रतिवेदन पेश गर्नुपर्ने छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ३ : ४३ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट