१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

संसदीय समितिले नेटवर्किङ व्यवसायबारे अध्ययन गर्ने



काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसायका विषयमा अध्ययन गर्ने भएको छ ।

समितिले सांसद सोम प्रसाद पाण्डेको संयोजकत्वमा नेटवर्किङ व्यवसाय र प्रत्यक्ष वस्तु विक्रिका विषयमा अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिका अन्य सदस्यहरुमा कृष्णकुमार श्रेष्ठ, अमृता अग्रहरी, प्रकाश रसाइली र सरिता गिरी रहेका छन् ।

समिति सभापति विमलप्रसाद श्रीवस्तवका अनुसार उपसमितिले १५ दिनभित्र सम्बन्धि निकाय, विभाग, मन्त्रालय र सम्बन्धित व्यक्तिहरुसँग छलफल गरी आफ्नो राय पेश गर्ने छ ।

समितिको छलफलमा सांसदहरुले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने ) ऐन २०७४ अनुसार अनुमति पाएका कम्पनीहरुले नेटवर्किङ व्यवसायकै रुपमा अगाडी बढेको भन्दै सांसदहरुले आपत्ति जनाएका थिए ।

ऐनअनुसार अनुमति दिने काम रोक्न सांसदहरुले माग गरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेटवर्किङ व्यवसाय र प्रत्यक्ष वस्तु विक्रि फरक भएको बताए । मन्त्री भट्टले अहिले दर्ता भएका कम्पनीले नेटवर्किङ व्यवसाय गरेको पाइएमा कुनै पनि हालतमा छुट नदिने प्रतिवद्धता जनाए ।

सरकारले ल्याएको ऐन अनुसार अहिले ७ वटा कम्पनीले अनुमति प्राप्त गरेका छन् । ती कम्पनीहरुबाट उपभोक्ता नठगिने र गुणस्तरिय वस्तुको विक्रि वितरण हुने उनले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ४ : १० बजे

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी

सानो भ-याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भ-याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात

सरकारले राज्यआतंक देखायो : एमाले, देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेकपा (एमाले)ले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले अत्यधिक बल

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा