२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

अब सरकारी अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न पाइने



काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम रहेको ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको छ। यसअघि सीमित स्वास्थ्य संस्थामार्फत मात्र स्वास्थ्य परीक्षण सेवा उपलब्ध हुँदै आएको थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अबदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले नेपाल सरकारबाट स्वीकृति प्राप्त वा नेपाल सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार वैदेशिक रोजगारी ऐन, २०६४ को दफा ७२ को उपदफा (१) तथा वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ को  नियम क को उपनियम (९) मा विदेश जानुअघि श्रमिकले नेपाल सरकारबाट स्वीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था रहेको छ। तर व्यवहारमा सीमित संस्थामार्फत मात्रै सेवा प्रदान हुँदै आएकाले त्यसलाई ‘सिन्डिकेट’का रूपमा आलोचना गरिँदै आएको थियो।

मन्त्रालयले उक्त आलोचना र सरोकारवालाहरूको मागलाई ध्यानमा राख्दै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थालाई सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

स्वास्थ्य संस्था सूचीकृत, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ अनुसार आवश्यक प्रक्रिया पूरा गरी मन्त्रालयबाट स्वीकृति प्राप्त गरेपछि ती संस्थाहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न पाउने मन्त्रालयले जनाएको छ।

यस निर्णयसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई स्वास्थ्य परीक्षणका लागि थप विकल्प उपलब्ध हुने र सेवा प्रणालीलाई प्रतिस्पर्धी तथा पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  २ : ५१ बजे

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा

कुशल भुर्तेलको शतकमा नेपालद्वारा अमेरिका ९ विकेटले पराजित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शानदार शतकीय इनिङको मद्दतमा नेपालले

अमेरिकाविरुद्ध भुर्तेलको शतक

काठमाडौं । नेपाली ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारि खेलेका

मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स सङ्क्रमित

मादी नदीमा निर्माणाधीन चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको