१७ आश्विन २०८०, बुधबार | October 4, 2023

५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न दिने सरकारको निर्णय



काठमाडौं । सरकारले चिनीमा लगाउँदै आएको भन्सार महशुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

गत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत भन्सार छुटसहित ३० हजार मेट्रिक टन चिनी आयात गर्न छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

यो आयात खाद्य व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेडले गर्नेछन् । चाडवाडको समयमा चिनीको आपूर्ति कम नहोस भनेर भन्सार छुट सहित आयात गर्ने निर्णय भएको खतिवडाले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषदमा पुर्याएको थियो।

नेपालमा उत्पादन हुने चिनीले माग धान्न नसकेपछि हरेक वर्ष चिनी आयात हुनेगरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ४ : १७ बजे

बुटवल उपमहानगरपालिकालाई २ दर्जन सुझावसहित एमालेको ध्यानाकर्षण पत्र

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विभिन्न २४ बुँदे

झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते, नेपालगन्जमा सेना परिचालन

नेपालगन्ज । बाँकेको नेपालगन्जमा जारी निषेधाज्ञाका क्रममा आज केही स्थानमा

CNI suggests IMF not to influence Nepal’s policy making

Kathmandu: The Confederation of Nepalese Industries (CNI) has suggested the

अर्थमन्त्री र एमसीसीका सीईओबीच भेट

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले चाडपर्वमा खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव