१ कार्तिक २०८३, शनिबार | October 17, 2026

बेलुका ७ देखि बिहान ७ सम्म काठमाडौं उपत्यका प्रवेशमा पूर्णरुपमा निषेध, देशैभर अन्तरजिल्ला आवागमनमा प्रतिबन्ध



काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यका प्रवेशमा कडाई गर्दै अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न निर्देशन गरेको छ ।

गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न गराउन सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन गरेको छ ।

मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश नाकामा कोभिड(१९ सम्बन्धी चेकजाँच गर्दा ठूलो संख्यामा यात्रुहरुमा कोरोना पोजेटिभ फेला परेको भन्दै नाकाहरुको आवागमनमा पूर्ण निगरानी राख्न निर्देशन गरेको हो ।

मन्त्रालयले अर्को आदेश नभएसम्म अत्यावश्यक सेवा र ढुवानी बाहेक आजैदेखि लागू हुनेगरी हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुको आवागन पूर्णरुपमा बन्द गर्न गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

यसअघि अन्तर जिल्लामा जिल्ला प्रशासन कार्यालयले पास जारी गर्ने ब्यवस्थालाई नियन्त्रण गर्दै आजैबाट त्यस्ता पास वितरण गर्न बन्द गर्न समेत जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ९ : ११ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ