७ आश्विन २०८३, बुधबार | September 23, 2026

बेलुका ७ देखि बिहान ७ सम्म काठमाडौं उपत्यका प्रवेशमा पूर्णरुपमा निषेध, देशैभर अन्तरजिल्ला आवागमनमा प्रतिबन्ध



काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यका प्रवेशमा कडाई गर्दै अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न निर्देशन गरेको छ ।

गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न गराउन सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन गरेको छ ।

मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश नाकामा कोभिड(१९ सम्बन्धी चेकजाँच गर्दा ठूलो संख्यामा यात्रुहरुमा कोरोना पोजेटिभ फेला परेको भन्दै नाकाहरुको आवागमनमा पूर्ण निगरानी राख्न निर्देशन गरेको हो ।

मन्त्रालयले अर्को आदेश नभएसम्म अत्यावश्यक सेवा र ढुवानी बाहेक आजैदेखि लागू हुनेगरी हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुको आवागन पूर्णरुपमा बन्द गर्न गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

यसअघि अन्तर जिल्लामा जिल्ला प्रशासन कार्यालयले पास जारी गर्ने ब्यवस्थालाई नियन्त्रण गर्दै आजैबाट त्यस्ता पास वितरण गर्न बन्द गर्न समेत जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ९ : ११ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई