४ आश्विन २०८०, बिहिबार | September 21, 2023

उखु किसानले भुक्तानी पाएनन्



नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका उखु किसानले चिनी उद्योगहरुलाई उधारोमा उखु दिए वापतको करिब रु २२ करोडको झुक्तानी पाएका छैनन् ।

किसानहरुले उद्योगमा उधारोमा उखु दिए वापत लुम्बिनी चिनीमिलबाट रु नौ करोड, इन्दिरा सुगर मिलबाट रु पाँच करोड र वाग्मती चिनीमिलबाट रु आठ करोडको भुक्तानी पाउनुपर्ने बाँकी छ । चिनी उद्योगका सञ्चालकले किसानको रकम भुक्तानी गर्न आलटाल गर्दै आएपछि उद्योग मन्त्रालयमार्फत उद्योग सञ्चालकलाई आवश्यक सहजीकरण गर्न सो बारे उद्योग मन्त्रालयमा लिखित जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।

उखु किसानले भुक्तानी पाएनन्तीमध्ये वाग्मतीको आव २०७६/७७, लुम्बिनीको आव २०७५/७६ र इन्दिराको आव २०७५/७६ मा किसानको उखु खरिद गरेवापतको रकम भुक्तानी दिन बाँकी देखिएको हो । यद्यपि वाग्मती चिनी उद्योगले अब तत्कालै एक साताभित्र रकम भुक्तानी गर्ने तयारी गरिएको उद्योगका महाप्रबन्धक टङ्कनाथ काफ्ले बताए ।

यहाँ चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योग स्थापना भएको वर्ष बाहेक अन्य सबै वर्ष चिनी उत्पादन बन्द गरेको छ भने दुई वर्षदेखि लुम्बिनी चिनी उद्योगमा चिनी उत्पादन बन्द हुँदै आएको छ । उद्योगहरुले विभिन्न वाहानमा रकम भुक्तानी गर्न आलटाल गर्दै आएकाले तत्काल रकम भुक्तानी शुरु नभए किसान आन्दोलनमा उत्रिन बाध्य हुने जिल्ला उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

यद्यपि जिल्लामा नियमित रुपमा इन्दिरा चिनी उद्योग मात्र सञ्चालनमा आउने गरेको छ भने किसानसँग उखु लिए बापत अघिल्लो वर्ष रकम भुक्तानी नगरेका कारण वाग्मती चिनी उद्योग यस वर्ष सञ्चालन हुन सकेन । पश्चिम नवलपरासीमा सुस्ता, प्रतापपुर, पाल्हीनन्दन र सरावल गाउँपालिकामा उखु खेती गरिन्छ । पछिल्लो पटक यस क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ ।

कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का अनुसार चालू आव २०७६/७७ मा कूल तीन हजार ६२३ हेक्टर क्षेत्रफलमा एक लाख ७१ हजार ३५० मेट्रिक टन उखु उत्पादन भएको छ । यसैगरी अघिल्लो आव २०७५/७६ मा कूल तीन हजार ६६८ हेक्टर क्षेत्रफलमा एक लाख ७३ हजार ४९० मेट्रिक टन उखु उत्पादन भएको थियो । रासस

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ६ : १४ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको मनपरी, नियमावली विपरीत आफुखुसी नियुक्ति

बुटवल । दैनिक हजारौंको सङ्ख्यामा उपचारका लागि आउने बुटवलको लुम्बिनी प्रादेशिक

चितवनका ‘पुष्पा र अञ्जली’लाई कोशी पठाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा

नेकपा एकीकृत समाजवादीको बैठक स्थगित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक

कागेश्वरी मेलाको तयारी पूरा

काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र

नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग

नेपालगन्ज । बाँकेको वैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन