२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

आजको मौसम : अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, पश्चिमी पहाडी र पूर्वी क्षेत्रमा बाढी पहिरोको सम्भावना



काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । नेपालको पुर्वी तराईका भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सिन्धुली जिल्लास्थित वर्षामापन केन्द्रमा आज विहान ५ः३० बजे मापन गरिए अनुसार सिन्धुलीमाडी र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टा भारी वर्षा भएको छ ।

त्यस क्षेत्र भएर बहने साना नदीमा बाढी आउन सक्ने र कमजोर भिरालो ठाउँमा पहिरो जान सक्ने सम्भावना रहेको छ ।

त्यस्तै आज विहान ४ बजे मापन गरिएको तथ्यांक अनुसार कास्कीको पोखरामा पछिल्लो ३ घण्टा भारी बर्षा भएको छ ।

साना खोलामा बाढी आउन सक्ने र भिरालो तथा कमजोर जमिनमा पहिरो जान सक्ने सम्भावना रहेको छ ।

त्यसैगरी आज विहान ३ः३० बजे मापन गरिएको रेकर्ड अनुसार गोरखाको बारपाक र यस आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टा भारी वर्षा भएको छ ।

दरौंंदी नदीको तटीय क्षेत्र र सो क्षेत्र भएर बहने साना नदीमा बाढी आउन सक्ने र कमजोर भिरालो ठाउँमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले चेतावनी जारी गरेको छ ।

आज दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ का एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ७ : ०० बजे

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप

निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न निर्वाचनको

पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु

काठमाडौं । बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’, कटाउनेले कति पाए ?

काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये