४ कार्तिक २०८३, बुधबार | October 21, 2026

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप



काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप करिब दुई लाख ४० हजार किशोरीले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २५ देखि फागुन १५ गतेसम्म सञ्चालन गरेको अभियानमा दुई लाख ३७ हजार ९७२ जना किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

नियमित एचपिभी खोप लगाउने दुई लाख १५ हजार ३१४ जना र गत वर्षको खोप अभियानमा छुट भएका २२ हजार ६४८ जना किशोरी रहेका छन् । शाखा प्रमुख डा गौतमका अनुसार अभियानमा नियमिततर्फ खोप लगाउने कक्षा ६ मा पढ्ने दुई लाख एक हजार ८९ छात्रा र विद्यालय नजाने १० वर्ष उमेर समूहका १३ हजार ५८५ किशोरी रहेका छन् ।

यस्तै सरकारले गत वर्षको एचपिभी खोप अभियानमा छुटेका अहिले कक्षा ७ देखि १० सम्म पढिरहेका १४ हजार ५८६ छात्राले खोप लगाएका छन् । यस्तै अभियानका क्रममा ११ वर्षदेखि १४ वर्षका विद्यालय नजाने आठ हजार ४९ किशोरी पनि खोप लगाएको छन् । छात्रा र किशोरीलाई खोप आ–आफ्नो विद्यालय र स्वास्थ्य संस्थामा लगाइएको थियो ।

शाखा प्रमुख डा गौतमले धनुषा, महोत्तरी, अर्घाखाँची, गुल्मी, पाल्पा र रोल्पा जिल्लाबाट विवरण प्राप्त गर्न वाँकी रहेको बताए ।

चार जिल्लामा खोप लगाउन बाँकी

हिमाली भेगका चार जिल्लामा खोप अभियान सञ्चालन हुन सकेको छैन । विद्यालय बिदा भएकाले डोल्पा, हुम्ला, जुम्ला र मनाङ जिल्लामा खोप अभियान सञ्चालन हुन सकेको शाखा प्रमुख डा गौतमले जानकारी दिए ।

उनका अनुसार ती जिल्लामा चैत महिनामा एचपिभी खोप अभियान सञ्चालन गरिने छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ३ : १७ बजे

नेपाल प्रहरीले आज काठमाडौं उपत्यकाका यी रुटमा चलाउदै छ निःशुल्क बस

काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले आज पनि काठमाडौं उपत्यकामा

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षा तथा हिमपातको

बडादशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात्

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको