२८ चैत्र २०८२, शनिबार | April 11, 2026

शान्तिपूर्ण प्रदर्शनमा सरकारले बल प्रयोग गरेकोमा पूर्व राष्ट्रपति ओबामाको आपत्ति



अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा सरकारको विरुद्धमा प्रदर्शन गरेका व्यक्तिहरुमाथि सरकारले बल प्रयोग गरी दमन गरेकोमा विरोध गरेका छन् ।

पूर्व राष्ट्रपति ओबामाले नागरिकले स्वतन्त्रतापूर्वक आफ्ना भनाईहरु राखेर प्रदर्शन गरेको अवस्थामा डोनाल्ड ट्रम्पको प्रशासनले सुरक्षाकर्मी पठाएर प्रदर्शन गरको व्यक्तिहरुमाथि आक्रमण गरेको भन्दै त्यसको निन्दा गरेका हुन् ।

यसरी शान्तिपूर्ण रुपमा प्रदर्शनमा रहेका नागरिकहरुमाथि ट्रम्प प्रशासनले ठूलो संख्यामा प्रहरी पठाएर उनीहरुलाई दमन गरेको, टियर ग्याँस प्रयोग गरेको र प्रहरीले कुटपिट पनि गरेको भन्दै त्यसको विरोध गरेका हुन् ।

ओवामालाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन सिएनएनले भनेको छ कि पछिल्ला केही समययता अमेरिकामा काला जातिका नागरिकहरु माथि सरकारले गरेको दमन त सबैले देखेकै छौँ र अहिले पनि त्यो दमनको अवस्था रोकिएको छैन ।

सरकारले नागरिकमाथि अनावश्यक डर र त्रास देखाएको र नभएको कानुनको प्रयोग गरेर जनतालाई त्रसिद् बनाएको पनि पूर्वराष्ट्रपति ओबामाले बताएको सिएनएनले जानकारी दिएको छ ।

अमेरिकामा रहेका आप्रवासी, विद्यार्थीहरु आदिलाई अनेक खालका डर र त्रास देखाएर सरकारले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेर आफ्ना कुरा राख्न पनि नदिएको आरोप पूर्व राष्ट्रपति ओबामाले लगाएका छन् ।

केही सयम अघि एक जना काला जातिका अमेरिकी नागरिकको प्रहरीको कारबाहीमा परी ज्यान गएपछि सरकारका विरुद्धमा आन्दोलन चर्किएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १ : १५ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र