९ चैत्र २०८२, सोमबार | March 23, 2026

२४ घन्टामा कोरोना भाइरस संक्रमणबाट नेपालमा चार जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

पर्साको वीरगञ्ज श्रीपुरका ५६ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । गण्डक अस्पतालमा उपचारका क्रममा रहेका ती पुरुषको गएराती मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पर्साको वीरगञ्ज १६ का ३५ वर्षीय पुरुषको पनि गण्डक अस्पतालमै मृत्यु भएको छ । १३ गतदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेका ती पुरुषको पनि गएराती नै मृत्यु भएको हो ।

वीरगञ्ज २ का ६५ वर्षीय पुरुषको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना पुष्टि भएको गण्डक अस्पतालले जनाएको छ ।

त्यस्तै पर्साको वीरगञ्ज ११ घर भएर ललितपुरमा बस्ने ६५ वर्षीया महिलाको पनि मृत्यु भएको छ । ती महिलाको आज उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । उनी साउन ६ गतेदेखि उपचाररत थिइन् ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । देशभर संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।

संक्रमितमध्ये १४ हजार ३ सय ९९ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ४ : ५४ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा