१८ आश्विन २०८३, आइतबार | October 4, 2026

खेलाडीको तलब भत्ता बढाउन काँग्रेस सभापति देउवाले सरकारसँग कुरा गर्ने



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरुको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताएका छन् ।

पार्टी कार्यालयमा सागका स्वर्ण विजेता खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा सभापति देउवाले खेलाडीहरुका लागि उचित तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताएका हुन् ।

देउवाले राष्ट्रको इज्जत र प्रतिष्ठा बढाइरहेका खेलाडीहरुलाई उचित तलब र भत्ता दिने कुरा संसदमा समेत उठाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव रमेश सिलावालले खेलकुद ऐन निर्माण गर्दा त्रुटि भएको जिकिर गरे ।

कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले समेत ऐन निर्माण गर्दा ध्यान नदिएको भन्दै सिलवालले गुनासो गरे। ऐन निर्माणको चरणमा रहेका बेला सम्बन्धित क्षेत्रका विज्ञ लगायत सरोकारवालाहरुलाई सहभागि गराएर छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको सिलवालको भनाइ थियो ।

आगामी दिनमा ऐन बनाउँदा ध्यान दिन आग्रह गर्दै सिलवालले सरकारले केही समयअघि मात्रै जारी गरेको राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ प्रति असन्तुष्टि जनाए

कांग्रेसको खेलकुद विभागले १३ दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : ५० बजे

दसैँ नजिकिएसँगै काठमाडौंका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला

पार्टी कार्यालय च्यासलमा एमाले संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक अहिले पार्टीको केन्द्रीय

उर्जामन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४००

कांग्रेसमा २१ सदस्यीय पदाधिकारी बन्ने, वरिष्ठसहित चार उपसभापति रहने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पदाधिकारी संख्या १७ बाट बढाएर

चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय