७ आश्विन २०८३, बुधबार | September 23, 2026

विभिन्न मुलुकबाट स्वदेश फर्कने क्रम जारी



काठमाडौं । विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड–१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् ।

यी उडानबाट दुई शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले दुबईबाट २६५ यात्रु र दुई बच्चा नेपाल ल्याएको छ । सोही एयरलाइन्सले कुवेतबाट १४९ यात्रु र एक बच्चा तथा दुबईबाट रियादबाट २५८ यात्रु र दुई शव नेपाल ल्याएको छ । थप नेपालीको उद्धार उडानका लागि नेपाल एयरलाइन्सका जहाज क्वालालम्पुर र दोहा उडेको विमानस्थल कार्यालयले जनाएको छ ।

हिमालय एयरलाइन्सले अबुधाबीबाट १४३ यात्रु र तीन बच्चा तथा दोहाबाट १५३ यात्रु काठमाडौं ल्याएको छ । त्यस्तै इतिहाद एयरवेजले अबुधाबीबाट १३६ यात्रु र एक बच्चा नेपाल ल्याएको छ । एयर अरेबियाले सारजाहाबाट १६८ यात्रु र एक बच्चा नेपाल ल्याएको विमानस्थलले विज्ञप्ति मार्फत जनाएको छ ।

आइतबार पनि विभिन्न एयरलाइन्सका १३ वटा चार्टर्ड उडान गर्ने विमानस्थलको तालिका छ । आन्तरिकतर्फ छ वटा चार्टर्ड उडान भएका छन् । सीता एयरले सुर्खेत तथा मनाङ, सिम्रिक, एयर डाइनेष्टि र कैलाश एयरका हेलीकोप्टरले विभिन्न गन्तव्यमा उडान गरेको विमानस्थलले जनाएको छ । रासस

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : १६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई