६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

किसानलाई निःशुल्क फलफूलको बेर्ना वितरण



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित खोक्चिलिपा साना किसान कृषि सहकारी संस्थाले बुइपाका ८५० किसानलाई फलफूलको बेर्ना निःशुल्क वितरण गरेको छ ।

वडालाई फलफूलको उत्पादन क्षेत्र बनाउने लक्ष्यकासाथ सहकारी संस्थामा आवद्ध ५०० सदस्य तथा अन्य किसानलाई सुन कागती, आँप, लिची र एभोकाडोको बिरुवा वितरण गरेको हो ।

डिभिजन वन कार्यालय खोटाङ र भू तथा जलाधार कार्यालय ओखलढुङ्गाले फलफूलका बेर्ना उपलब्ध गराएपछि किसानलाई वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष मिलन राईले जानकारी दिए । सहकारीको समन्वयमा किसानलाई कागतीको तीन हजार ५०० , अम्रपाली जातको आँपको ५०० , लिचीको ३५० र एभोकाडोको २५० बिरुवा बाँडिएको हो ।

फलफूललाई किसानको आम्दानीको स्रोतका रूपमा विकास गर्ने लक्ष्यकासाथ बिरुवा वितरण गरिएको सहकारीले जनाएको छ । भूगोल र हावापानीअनुसार स्थानीय बासिन्दालाई लिची, आँप, कागती र एभोकाडोको बिरुवा वितरण गरिएको छ ।

बुइपाको बेँसी क्षेत्रका किसानलाई लिची, आँप र कागतीका बिरुवा बढी मात्रामा वितरण गरिएको छ । आर्थिक वर्ष २०७६/७७ मा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत विनियोजन भएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट बुइपामा शीतभण्डार निर्माण गरिएसँगै सहकारी फलफूल खेती प्रवद्र्धनमा लागेको हो ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु ५० लाख बजेटमा निर्माण गरिएको शीतभण्डारलाई सदुपयोग गर्दै किसानको आर्थिक समृद्धिका लागि गाउँमा लिची, आँप, कागती, एभोकाडोलगायतका फलफूल खेती विस्तार गरिएको जनाइएको छ ।

बुइपामा शीतभण्डार निर्माण भएपछि कागती, नासपाती, करेला, आलु, फर्सीजस्ता फलफूल तथा तरकारीलाई लामो समयसम्म भण्डारण गर्न सकिने वातावरण बनेको छ । रासस

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : २२ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का