५ पुस २०८२, शनिबार | December 20, 2025

आजको मौसम : देशभरको मौसममा बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ ।

देशभरको मौसममा सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसकासाथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

ती स्थानका नदी तथा खोलाहरुमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्र तथा भिरालो र कच्ची जमिन भएका स्थानमा सतर्कता अपनाउन विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसकासाथै प्रदेश १ र गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसले आकस्मिक बाढी पहिरोको प्रकोप पनि निम्त्याउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : ३८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता