७ कार्तिक २०८३, शनिबार | October 24, 2026

कोरोना महामारीको उच्च जोखिम बढ्दै गएपछि जनकपुरधाममा एक सातासम्म निषेधाज्ञा



जनकपुर । कोरोना भाइरसको उच्च जोखिम बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ ।

उपमहानगरपालिका क्षेत्रमा सोमबार राति १२ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशान ऐन २०२८ र संक्रमक रोग ऐन २०२० अनुसार एकसाताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासनले जनाएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाका काम बाहेक अन्यलाई घरभित्रै बस्न आग्रह गरिएको छ । निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानुन अनुसार कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

निषेधाज्ञा जनकपुरधाम उपमहानगरपालिकाका सबै वडाको साथै उत्तरमा महेन्द्रनगर नजिकको औरही पुलसम्म जारी रहनेछ ।

यसअघि, वीरगन्ज, राजविराज जलेश्वर र बारा जिल्लामा यसअघि नै निषेधाज्ञा जारी भैसकेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ५ : ४५ बजे

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले