३१ असार २०८३, बुधबार | July 16, 2026

कोरोना महामारीको उच्च जोखिम बढ्दै गएपछि जनकपुरधाममा एक सातासम्म निषेधाज्ञा



जनकपुर । कोरोना भाइरसको उच्च जोखिम बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ ।

उपमहानगरपालिका क्षेत्रमा सोमबार राति १२ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशान ऐन २०२८ र संक्रमक रोग ऐन २०२० अनुसार एकसाताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासनले जनाएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाका काम बाहेक अन्यलाई घरभित्रै बस्न आग्रह गरिएको छ । निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानुन अनुसार कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

निषेधाज्ञा जनकपुरधाम उपमहानगरपालिकाका सबै वडाको साथै उत्तरमा महेन्द्रनगर नजिकको औरही पुलसम्म जारी रहनेछ ।

यसअघि, वीरगन्ज, राजविराज जलेश्वर र बारा जिल्लामा यसअघि नै निषेधाज्ञा जारी भैसकेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ५ : ४५ बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक