१३ असार २०८३, शनिबार | June 28, 2026

इनफ इज इनफका अनसनकारी युवा भेटे काँग्रेस नेता पौडेलले



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई भेटेका छन् ।

पौडेलसहित कांग्रेस नेताहरु अनसनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई बसन्तपुर पुगेर भेटेका हुन् ।

क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै १६ दिनदेखि अनसनमा बसेका अभियन्ताहरुलाई भेटेर नेताहरुले स्वास्थ्यलाभको कामना गरेका छन् ।

सामान्य तर जनताका अति आवश्यक मागहरु राखेर अनसनमा बसेका युवाहरुका कुरा नसुन्नु सरकारको अटेरीपन भएको पौडेलले बताए ।

अनसनरत युवाका मागप्रति सरकारले बेवास्ता गर्नु सरकारको चरम लापरवाही भएको पौडेलको भनाई छ ।

नेता पौडेलले देशको समस्याको मुख्य जड भ्रष्ट, कमिसनतन्त्र र भ्रष्टाचारतन्त्रलाई उखेल्न सबै मिलेर कडा संघर्ष गर्नुपर्ने बताए ।

अनसनरत युवाहरुलाई अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले पनि अनसनरत युवाहरुलाई भेटेका छन् ।

सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका मा राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित सहमति गरेको थियो । सहमति कार्यान्वयन नभएपछि फेरि अनसनमा छन ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ७ : ११ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट