२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आजको मौसम : देशभर सामान्यदेखि पुर्ण बदली, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ रहेको छ ।

देशभर सामान्यदेखि पुर्ण बदलीको अवस्था रही प्रदेश न १, वाग्मती प्रदेश र प्रदेश न ५ का केही स्थानहरु र अन्य प्रदेशका एक दुइ स्थानमा बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ३ बजे मापन गरिएको रेकर्ड अनुसार सिन्धुपाल्चोकको धाप, गुमथाङ, बाह्रबिसे र आसपासका क्षेत्रमा भारी बर्षा भएको छ । मेलम्ची, ईन्द्रावती, बलेफिका केहि साना सहायक नदीमा आकस्मिक बाढी आएको छ ।

त्यसैगरी विहान ४ः३० बजे सिन्धुपाल्चोक बलेफी जलाधारमा भारी बर्षा मापन भएको छ । त्यहाँ ठूलो बाढी आएको छ भने जल सतहले सतर्कता बिन्दु नाघेको छ ।

जसअनुसार तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ र वाग्मती प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : ०४ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष