५ पुस २०८२, शनिबार | December 20, 2025

बाँकेमा जन प्रतिनिधि र कर्मचारी सहित थपिए २ जना कोरोना संक्रमित, क्याबिन नपाएको भन्दै वडा अध्यक्ष आक्रोशित



नेपालगन्ज । बाँकेमा १ जना जन प्रतिनिधि र १ जना करारका कर्मचारीलाई कोरोना पुष्टि भएको छ । बाँकेको नेपालगन्ज उप महानगरपालिकामा कार्यरत ५४ जना कर्मचारीहरुको स्वावको पीसीआर परीक्षण गर्दा १ जना वडाध्यक्ष र १ जना करार सेवा अन्तर्गतका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार बिहान भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका जानकारी दिए ।

उनीहरुलाई खजुरा स्थित सशिल कोईराला प्रखर क्यान्सर अस्पतालको आईशोलेसनमा लगिएको छ । अस्पताल प¥याईएका वडा अध्यक्षले अस्पतालमा क्याबिन नभएको भन्दै बिरोध जनाएको अस्पताल श्रोतले जनाएको छ ।

संक्रमितमध्ये, वडाध्यक्षलाई ज्वरो तथा श्वासप्रश्वास सम्बन्धि लक्ष्ण देखिएको र सरकारी कर्मचारीमा कुनैपनि लक्ष्ण नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १० : १६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता