७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रियसभाको विषयगत समितिका सभापतिको निर्वाचन साउन २३ गते हुँदै



काठमाडौं । राष्ट्रियसभाका विषयगत समितिको सभापति चयनका लागि यही साउन २३ गते निर्वाचन हुने भएको छ ।

राष्ट्रियसभाले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार साउन २२ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् प्रस्ताव गर्ने कार्यतालिका तय भएको छ । सम्बन्धित समितिको कुनै सदस्यले राखेको प्रस्तावमा अर्को एक सदस्यले समर्थन गर्नुपर्नेछ ।

राष्ट्रियसभाको नियमावली, २०७५ को नियम १५० को उपनियम २ बमोजिम उक्त प्रस्ताव दर्ता गर्नुुपर्नेछ । निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सोही दिन ४.३० बजे सूची प्रकाशन गरिनेछ । यस्तै सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने गर्ने र समर्थकले समर्थन गर्ने छन् ।

सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने गरी कार्यतालिका तयार गरिएको छ । शनिबार मात्रै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावलीको बाधा अडकाउ फुकाएर चारवटा विषयगत समिति पुनःगठन गरेका थिए । चारवटै विषयगत समितिको कार्यकाल गत शुक्रबार सकिएको थियो । रासस

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ५ : ४४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई