११ बैशाख २०८१, मंगलबार | April 23, 2024

निर्वाचनमा बालबालिकाहरुलाई प्रयोग नगर्न आग्रह



काठमाडौं । निर्वाचनमा बालबालिकाहरुको प्रयोग नगर्न आग्रह गरिएको छ । नेपालको सातै प्रदेशका बालबालिकाहरुको प्रतिनिधित्व रहेको बाल पैरवी परिषद् कन्सोर्टियम नेपालले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा आसन्न आम निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरुसँग अन्तरसंवाद गर्दै उक्त सुझावहरु बुझाइएको छ ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बालबालिकाका सवालमा पार्टी निकै संवेदनशील रहेको र निर्वाचनका कुनै पनि गतिविधिहरुमा बालबालिकाको दुरुपयोग नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले निर्वाचनमा बालबालिकाको दुरुपयोग पार्टीको नीति विपरित रहेको र घोषणाापत्रमा बालबालिकाका सवाललाई प्राथमिकतामा राख्ने बताए ।

कन्सोर्टियम नेपालका अध्यक्ष मोहन दँगालले बालबालिकाका सवाल राजनीतिक दलको नजरमा कम प्राथमिकतामा पर्ने भएकाले नागरिक समाज यसको निरन्तर पैरवीमा लाग्ने बताए ।

निर्वाचन निरगरानी समूहका संयोजक डा. कृष्ण सुवेदीले बालबालिका र विद्यालयलाई कुनै पनि प्रकारको राजनितीक दुरुपयोग हुन नहुनेमा जोड दिए ।

कार्यक्रममा बाल पैरवी समूहका सदस्य बालबालिकाहरुले सामूहिक रुपमा सुझावहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : २४ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम