३ पुस २०८२, बिहिबार | December 18, 2025

विदेशी पर्यटकलाई नेपालमा बस्ने वातावरण मिलाउन आग्रह



पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले कोभिड–१९ को बढ्दो जोखिमलाई ख्याल गरी नेपालमा रहेका विदेशी पर्यटकलाई थप केही समय बस्ने वातावरण मिलाउन गण्डकी प्रदेश सरकारसँग अनुरोध गरेको छ ।

अध्यागमन विभागले २०७७ भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएसँगै भिसा अवधि सकिएका विदेशी पर्यटकलाई १५ दिनपछि नेपाल छोड्नुपर्ने नियम बनाएको सन्दर्भ जोडेर चेम्बरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसमक्ष त्यस्तो अनुरोध गरेको हो ।

पोखरा चेम्बरका अध्यक्ष किसान सुनारले अध्यागमन विभागले १७ जुन २०२० मा प्रकाशित सूचनाअनुसार अन्तर्राष्ट्रिय उडान शुरुआत भएको १५ दिनभित्रको समयावधिमा सबै विदेशी पर्यटक फर्कन नसक्ने बताए । ‘लकडाउनका कारण नेपालमा एक हजार ५०० भन्दा बढी र पोखरामा लगभग ४४२ पर्यटक विविध कारणले बसिरहेका छन्, तत्काल भिसा समय थप गरी उनीहरुलाई बस्ने वातावरण मिलाउनुपर्छ’, सुनारले भने, ‘केही विदेशी पर्यटक आफ्नो मुलुकमा कोरोनाको प्रकोपको बढी रहेको र नेपालमै सुरक्षित महसुस गरी बसिरहेका छन्, यस्तो अवस्थामा मानवीय संवेदनालाई समेत ध्यान दिएर पर्यटक मैत्री वातावरण बनाउनुपर्छ, यो समयावधिमा सबै राष्ट्रमा सिधा उडान एकै पटक सम्भव नभएको सबै पर्यटक फर्कन सक्दैनन् ।’

मन्त्रालयसमक्ष प्रेषित अनुरोधपत्रमा नेपालमै रहेका विदेशी पर्यटक केही समय नेपालमै बस्दा कोरोना भाइरसका कारण जीर्ण भएको पर्यटन क्षेत्रलाई थोरै भए पनि राहत पुग्ने जिकिर गरिएको छ । कोरोना भाइरसका कारण नेपाल सरकारले २०७६ साल चैत ११ गतेदेखि मुलुकभर लगाएको बन्दाबन्दीका कारण सबै अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द रहेका छन् ।

नेपाल घुम्न आएका पर्यटक एकाएक भएको बन्दाबन्दीले घुम्न नपाएको र तत्काल फर्कंदा विमानस्थल, ट्रान्जिटमा कोरोनाको उच्च जोखिम रहेको भन्दै फर्कन चाहेका छैनन् । पोखरामा केही समय अगाडि विदेशी पर्यटकहरुले पत्रकार सम्मेलन गरेर नै तत्काल स्वदेश फर्कन नचाहेको बताएका थिए । रासस

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ६ : ३६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका