९ जेष्ठ २०८२, शुक्रबार | May 23, 2025

जुम्लाको दुःख : कुरा गर्दागर्दै टेलिफोन काटिने, अति सुस्त इन्टरनेट सेवा



जुम्ला । जुम्लामा कुरा गर्दैगर्दा टेलिफोन काटिने र इन्टरनेट सेवाको सुस्तताले उपभोक्तालाई पछिल्लो समय हैरान बनाएको छ ।

जुम्लामा लकडाउनपछि फोन कट्ने, प्रस्ट आवाज नआउने समस्याले हैरान बनाएको हो । यसैगरी नेपाल टेलिकमले जोडेको ल्याण्डलाइन इन्टरनेट सेवासमेत निकै ढिलो भएकाले कामकाज प्रभावित भएको छ ।

सदरमुकाम खलङ्गामा समेत मोबाइल प्रस्ट नसुनिने गरेको उपभोक्ता गुनासो गर्दै आएका छन् । स्थानीयवासी राम रावलले मोबाइलमा प्रस्ट आवाज नसुनिने र रोकिने समस्या आएको तर यसका लागि सरोकारवाला निकायले समस्या समाधानमा ध्यान नदिएको बताए ।

नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार ग्राहक बढ्दै गएका र ट्रान्समिसन क्षमता पुरानै भएकाले अहिले टेलिफोनमा समस्या आएको बताउनुभयो । श्रेष्ठले प्रदेश कार्यालयलाई पत्राचार गरिएको बताए ।

साउन ९ गते टेलिकम जुम्लाले प्रदेश कार्यालय सुर्खेतलाई लेखेको पत्रानुसार एक हप्तादेखि मोबाइल र डाटामा समस्या भएकाले यथाशीघ्र पहल गरिदिन अनुरोध गरिएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।

ट्रान्समिसन लिङ्क साँघुरो भएकाले बढाउनुपर्ने अवस्था छ । क्षमता मात्रै बढ्ने हो भने सुधारिन सक्छ । यसैगरी इन्टरनेटको ढिलाइले पनि उपभोक्ता आक्रोशित छन् । रकम मात्रै काट्ने तर सेवा प्रवाहमा ध्यान नदिने काम भएको छ । सञ्चारगृहमा समेत इन्टरनेट ढिलाइले एउटा समाचार पठाउन घण्टौं लाग्ने गरेको पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईंले बताए ।

इन्टरनेट कमजोरीका कारण बैंक तथा वित्तीय संस्थाका कामदेखि ई–प्रणालीबाट गरिने आर्थिक कारोवारसमेत प्रभावित हुने गरेको छ ।

गाउँपालिकामा त झन् हैरान छ । पछिल्लो समय बजारमा आएका वल्र्डलिङ्क, एभरेष्टलगायतका इन्टरनेट प्रदायकका इन्टरनेट सेवासमेत ढिलो चल्ने भएकाले हैरान भएको हो ।

इन्टरनेटका कारण गाउँपालिकाका धेरै काम प्रभावित हुने गरेको जुम्लाको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए।

असारमा इन्टरनेटका कारण काम गर्न तनाव भएको कनकासुन्दरी गाउँपालिकाका लेखापाल गोपाल बुढाले गुनासो पोखे ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ७ : ३९ बजे

तीनकुने प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको

कोहलपुर मालपोतका खरिदार पाण्डेसहित एकजना विचौलिया र एकजना सहयोगी पक्राउ

कोहलपुर । बाँके मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत् खरिदार

सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्छ : अध्यक्ष प्रचण्ड

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

काठमाडौँ । आगामी पुसपछि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ

मालपोत कोहलपुरका कर्मचारी पाण्डे घुस रकम सहित अख्तियारको नियन्त्रणमा

कोहलपुर । मालपोत कार्यालय कोहलपुरका एक कर्मचारीलाई अख्तियारले घुस बापत