१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

जुम्लाको दुःख : कुरा गर्दागर्दै टेलिफोन काटिने, अति सुस्त इन्टरनेट सेवा



जुम्ला । जुम्लामा कुरा गर्दैगर्दा टेलिफोन काटिने र इन्टरनेट सेवाको सुस्तताले उपभोक्तालाई पछिल्लो समय हैरान बनाएको छ ।

जुम्लामा लकडाउनपछि फोन कट्ने, प्रस्ट आवाज नआउने समस्याले हैरान बनाएको हो । यसैगरी नेपाल टेलिकमले जोडेको ल्याण्डलाइन इन्टरनेट सेवासमेत निकै ढिलो भएकाले कामकाज प्रभावित भएको छ ।

सदरमुकाम खलङ्गामा समेत मोबाइल प्रस्ट नसुनिने गरेको उपभोक्ता गुनासो गर्दै आएका छन् । स्थानीयवासी राम रावलले मोबाइलमा प्रस्ट आवाज नसुनिने र रोकिने समस्या आएको तर यसका लागि सरोकारवाला निकायले समस्या समाधानमा ध्यान नदिएको बताए ।

नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार ग्राहक बढ्दै गएका र ट्रान्समिसन क्षमता पुरानै भएकाले अहिले टेलिफोनमा समस्या आएको बताउनुभयो । श्रेष्ठले प्रदेश कार्यालयलाई पत्राचार गरिएको बताए ।

साउन ९ गते टेलिकम जुम्लाले प्रदेश कार्यालय सुर्खेतलाई लेखेको पत्रानुसार एक हप्तादेखि मोबाइल र डाटामा समस्या भएकाले यथाशीघ्र पहल गरिदिन अनुरोध गरिएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।

ट्रान्समिसन लिङ्क साँघुरो भएकाले बढाउनुपर्ने अवस्था छ । क्षमता मात्रै बढ्ने हो भने सुधारिन सक्छ । यसैगरी इन्टरनेटको ढिलाइले पनि उपभोक्ता आक्रोशित छन् । रकम मात्रै काट्ने तर सेवा प्रवाहमा ध्यान नदिने काम भएको छ । सञ्चारगृहमा समेत इन्टरनेट ढिलाइले एउटा समाचार पठाउन घण्टौं लाग्ने गरेको पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईंले बताए ।

इन्टरनेट कमजोरीका कारण बैंक तथा वित्तीय संस्थाका कामदेखि ई–प्रणालीबाट गरिने आर्थिक कारोवारसमेत प्रभावित हुने गरेको छ ।

गाउँपालिकामा त झन् हैरान छ । पछिल्लो समय बजारमा आएका वल्र्डलिङ्क, एभरेष्टलगायतका इन्टरनेट प्रदायकका इन्टरनेट सेवासमेत ढिलो चल्ने भएकाले हैरान भएको हो ।

इन्टरनेटका कारण गाउँपालिकाका धेरै काम प्रभावित हुने गरेको जुम्लाको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए।

असारमा इन्टरनेटका कारण काम गर्न तनाव भएको कनकासुन्दरी गाउँपालिकाका लेखापाल गोपाल बुढाले गुनासो पोखे ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ७ : ३९ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,