२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

आठ दिनदेखि अवरुद्ध नारायणगढ–सिमलढाप सडक सञ्चालन



चितवन । अविरल वर्षासँगै खोलामा आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको सडक आठ दिनको प्रयासपछि सञ्चालनमा आएको छ ।

चितवनको नारायणगढ–सिमलढाप सडकअन्तर्गत इच्छाकामना–७ स्थित हरिपुरखोलाको मोटरेबल पुल बगाएपछि साउन १२ गते रातिदेखि सडक अवरुद्ध बनेको थियो ।

सडक अवरुद्ध भएपछि उक्त खोलामा डाइभर्सन निर्माण गरी सोमबारदेखि सडक सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए ।

तत्काल काम शुरु गरे पनि आवश्यक सामान बेलैमा उपलब्ध नहँुदा र बाढी निरन्तर आइरहँदा सडक सञ्चालन गर्न ढिलाइ भएको उनको भनाइ छ ।

अध्यक्ष गुरुङले भने, “बाढीले पुल बगाउनेबित्तिकै हामीले सडक निर्माण शुरु गरेका हौँ, एक/दुई दिनमा सक्ने लक्ष्यका साथ काम गरेका थियौं, तर आवश्यक सामग्री समयमा उपलब्ध भएन, बाढी पनि पनि निरन्तर आइरह्यो, आठ दिनमा सडक सञ्चालन गर्न सफल भएका छौं।”

नागरिकको दुःखलाई आत्मसाथ गर्दै तत्कालका लागि अस्थायी बाटो निर्माण गरिएको र छिट्टै उक्त स्थानमा नयाँ पक्की मोटरेबल पुल निर्माण गर्ने पनि अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरे ।

बाढीले पुल बगाउँदा इच्छाकामना–७ स्थित सिमलढाप, गर्दास, खेतबारी, स्याङ्दीलगायतका स्थानका करिब एक हजार ५०० घरधुरीका नागरिकलाई सदरमुकाम भरतपुर र गाउँपालिकाको कार्यालय कुरिनटार आवतजावतका लागि समस्या भएको थियो ।

पुल बगाएकै कारण बिरामी हुँदा समेत अस्पताल जानसक्ने अवस्था नभएको वडा नं ७ का वडाध्यक्ष बमबहादुर रानाले बताए । उनले भने, “गाउँपालिका कार्यालयदेखि सदरमुकाम भरतपुर र अस्पताल जानका लागि स्थानीयवासीलाई समस्या परेको थियो, तत्कालका लागि अस्थायी रूपमै भए पनि चाँडोभन्दा चाँडो नागरिकको समस्या समाधान गरेका छौँ ।” अब नयाँ पक्की पुल निर्माणका लागि चाँडै पहल गरिने पनि उनले बताए ।

यस्तै उक्त स्थानमा अस्थायी बाटो निर्माणका लागि करिब १३ लाख खर्च भएको गाउँपालिकाका प्राविधिक भरत गुरुङले जानकारी दिए । नवनिर्मित उक्त बाटोबाट छ चक्केसम्मका गाडी वारपार गर्न सकिने गरी निर्माण गरिएको उनले बताए ।

अस्थायी बाटो निर्माण भएसँगै इच्छाकामना–७ का नागरिकलाई आवतजावतमा सहज भएको छ । उक्त सडक भएर दैनिक ३०० भन्दा बढी मोटरसाइकल १०० भन्दा बढी साना–ठूला सवारी साधन चल्ने गर्छन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ९ : ५६ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात