१४ आश्विन २०८०, आइतबार | October 1, 2023

मेची अस्पतालमा कोभिड–१९ को उपचार सुरु



झापा । मेची अस्पताल भद्रपुरमा कोभिड–१९ को नमूना परीक्षणसँगै सङ्क्रमितको उपचार सुरु गरिएको छ ।

प्रदेश नं १ सरकारको सहयोगमा अस्पतालमा २५ शैयाको आइसोलेसन र पिसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले दुईवटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबारदेखि सङ्क्रमितको उपचार र पिसीआर प्रयोगशालाको नमूना परीक्षण भइरहेको बताए।

अस्पताल विकास समितिलाई प्रदेश सरकारले दुवै काम थाल्न निर्देशन दिएको थियो । प्रयोगशालामा भइरहेको कोभिड–१९ को परीक्षणका नमूनालाई हाल विराटनगरस्थित प्रदेश प्रयोगशालामा पुनः परीक्षण गरिने र बुधबारदेखि नियमित परीक्षण थालिने अस्पतालका अध्यक्ष पोर्तेलले बताए ।

अस्पतालको आइसोलेसनमा यसअघि कोभिड–१९ का सङ्क्रमितलाई राख्ने गरिएको थिएन तर प्रदेश सरकारले आवश्यक सहयोग र सुविधा दिने भएपछि सङ्क्रमितको उपचारसमेत गर्न थालिएको हो ।

सोमबार विर्तामोड र अर्जुनधारा नगरपालिकाका पाँच सङ्क्रमितलाई मेची अस्पतालकै आइसोलेसनमा भर्ना गरेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिए ।

प्रदेशसभा सदस्य वसन्त बानियाँले मेची अस्पतालमा कोभिड सङ्क्रमितको उपचार हुनु र पिसीआर प्रयोगशलासमेत सञ्चालनमा आउनु झापा मात्र नभएर इलाम, पाँचथर र ताप्लेजुङवासीका लागि समेत खुशीको विषय भएको बताए ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १० : ०६ बजे

दुर्लभ चराको बासस्थान बन्दै रेसुङ्गा‐मदाने वन

गुल्मी । “रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको

पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’

त्रिवेणी । पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ

सुन तस्करी प्रकरण : छानबिन आयोग आजै गठन गर्न नेताहरु सकारात्मक

काठमाडौं । सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन

लगातार घट्दै सुनचाँदीको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

काठमाडौं । आज ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।