७ आश्विन २०८३, बुधबार | September 23, 2026

पुनः लकडाउनबारे सुझाव लिन प्रधानमन्त्रीबाट जनस्वास्थ्यविज्ञहरुसँग छलफल प्रारम्भ



काठमाडौं । कोरोना भाइरसको संक्रमण दिन दिनै बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग छलफल प्रारम्भ गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोनाको संभावित थप संक्रमण रोकथामबारे छलफल सुरु गरेका हुन् ।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा २० जना भन्दा बढी विज्ञहरुसँग छलफल गरिरहेका छन् । निरन्तर कोरोन भाइरसको संक्रमण बढिरहेकाले पुनः लकडाउन लगाउनुपर्ने भन्ने आवाज पनि उठ्न थालेपछि प्रधानमन्त्रीले छलफल थालेका हुन् ।

चैत ११ गतेदेखि लगाएको लकडाउन आम जनजीवन र आर्थिक गतिविधि कष्टकर बन्दै गएपछि साउन ७ गतेदेखि अन्त्यभएको थियो । तर, विद्यालय, कलेज, पार्टीप्यालेज, जिमखाना, सैलुन लगायतका केही क्षेत्र भने अझै पनि खोल्न रोक लगाइएको छ । यद्यपी, जतासुकै सैलुनदेखि जिमखानासम्म सुचारु भैसकेका छन् ।

लकडाउन खोलेपछि संक्रमण दर झन बढ्दै गएपछि प्रधानमन्त्रीले पुनः लकडाउन लगाउनुपर्ने या नपर्ने भन्नेबारेमा निस्कर्षमा पुग्न विज्ञहरुसँग छलफल गरेका हुन् ।

धेरै ठाउँमा कतै पनि नहिँडेका मानिसमा समेत कोरोना संक्रमण देखिन थालेपछि जनस्वास्थ्य विद्हरुले समुदाय संक्रमणको चेतावनी दिइरहेका छन् ।

पर्सा, धनुषा, सप्तरी, बाँके लगायत तराईका विभिन्न जिल्ला र काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढिरहेको छ । कतिपय जिल्लाहरुले आआफ्नै ढंगले निश्चित समयसम्म निषेधाज्ञा जारी गर्दै लकडाउन सुरु गरिसकेका छन् ।

सरकारले गम्भीरतापूर्वक तयार नगरे स्थिति झन भयावह हुनसक्ने चेतावनी दिएका छन् । विश्व स्वास्थ्य संगठनले नेपालमा संक्रमण बढेकोमा चिन्ता व्यक्त गर्दै अनिवार्य मास्क लगाउन र सामाजिक दूरी कायम गर्न अपील गरिसकेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १२ : ०१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई