२४ मंसिर २०८०, आइतबार | December 10, 2023

पुनः लकडाउनबारे सुझाव लिन प्रधानमन्त्रीबाट जनस्वास्थ्यविज्ञहरुसँग छलफल प्रारम्भ



काठमाडौं । कोरोना भाइरसको संक्रमण दिन दिनै बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग छलफल प्रारम्भ गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोनाको संभावित थप संक्रमण रोकथामबारे छलफल सुरु गरेका हुन् ।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा २० जना भन्दा बढी विज्ञहरुसँग छलफल गरिरहेका छन् । निरन्तर कोरोन भाइरसको संक्रमण बढिरहेकाले पुनः लकडाउन लगाउनुपर्ने भन्ने आवाज पनि उठ्न थालेपछि प्रधानमन्त्रीले छलफल थालेका हुन् ।

चैत ११ गतेदेखि लगाएको लकडाउन आम जनजीवन र आर्थिक गतिविधि कष्टकर बन्दै गएपछि साउन ७ गतेदेखि अन्त्यभएको थियो । तर, विद्यालय, कलेज, पार्टीप्यालेज, जिमखाना, सैलुन लगायतका केही क्षेत्र भने अझै पनि खोल्न रोक लगाइएको छ । यद्यपी, जतासुकै सैलुनदेखि जिमखानासम्म सुचारु भैसकेका छन् ।

लकडाउन खोलेपछि संक्रमण दर झन बढ्दै गएपछि प्रधानमन्त्रीले पुनः लकडाउन लगाउनुपर्ने या नपर्ने भन्नेबारेमा निस्कर्षमा पुग्न विज्ञहरुसँग छलफल गरेका हुन् ।

धेरै ठाउँमा कतै पनि नहिँडेका मानिसमा समेत कोरोना संक्रमण देखिन थालेपछि जनस्वास्थ्य विद्हरुले समुदाय संक्रमणको चेतावनी दिइरहेका छन् ।

पर्सा, धनुषा, सप्तरी, बाँके लगायत तराईका विभिन्न जिल्ला र काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढिरहेको छ । कतिपय जिल्लाहरुले आआफ्नै ढंगले निश्चित समयसम्म निषेधाज्ञा जारी गर्दै लकडाउन सुरु गरिसकेका छन् ।

सरकारले गम्भीरतापूर्वक तयार नगरे स्थिति झन भयावह हुनसक्ने चेतावनी दिएका छन् । विश्व स्वास्थ्य संगठनले नेपालमा संक्रमण बढेकोमा चिन्ता व्यक्त गर्दै अनिवार्य मास्क लगाउन र सामाजिक दूरी कायम गर्न अपील गरिसकेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १२ : ०१ बजे

डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक

मुगु । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारामा पर्यटक

पृथ्वीराजमार्गको पश्चिम खण्ड २० किमि छ लेनको बन्ने

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार कार्य भइरहेको छ

स्वास्थ्यलाभपछि गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’

सशस्त्रको घेरा तोडेर दुई राँगा गायव

नेपालगन्ज । प्रहरीले बरामद गरेर भन्सारमा बुझाएको ४ वटा राँगा

नेप्सेमा ३ पटक सर्किट ब्रेक, ६ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द,

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि