१५ भदौ २०८३, सोमबार | August 31, 2026

नेवाः समुदायले आज देशैभर पितृ सम्झने पर्व सापारु मनाउँदै (फोटो फिचर)



बुटवल । आज गाईजात्रा । जनै पुर्णिमाको भोलिपल्ट पर्ने गाईजात्रा पर्व आम हिन्दु धर्मालम्बिहरुले ब्यङ्ग्य गर्ने पर्वकारुपमा मनाएपनि नेपालमा नेवार समुदायले भने आफ्नो पितृलाई सम्झने पर्वकारुपमा मनाउने गर्दछन् । गाईजात्रालाई नेवार समुदायमा सापारु भन्ने गरिन्छ ।

सापारु पर्व गाइजात्रा काठमाडौं उपत्यका लगायत देशको विभिन्न स्थानमा धुमधामका साथ मनाउने गरिन्छ । सापारु पर्वलाई नेपाली समाजमा गाईजात्रा भनेर चिनिन्छ । सापारु नेवाः समुदायको मौलिक पर्व हो ।

यो पर्वलाई नेपाली समाजको एक महत्वपूर्ण पर्वको रुपमा लिइन्छ । नेपाली समाजमा सापारु (गाईजात्रा) पर्वलाई व्यङ्ग्य गर्ने दिनको रूपमा समेत लिने गरिएपनि नेवाः समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुमेर यो पर्व मनाउने चलन छ । यो पर्व नेपाल सम्वत अनुसार गुंलागाःपारु अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ ।

नेवाः समुदाय रहेका विभिन्न ठाउँमा सोहि वर्षभित्र मरेको मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाईने यस पर्वले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको छ ।

जुन घरमा मान्छे मरेको छ त्यस घरमा पूजा गरी पहेलो वा सेतो कपडा लगाई साना बच्चा वा ठूलो मान्छेलाई नै विभन्न रुपमा (साया वनेगु) बनाई नगर तथा टोल परिक्रमाको लागि निकाल्ने गरिन्छ । दिवंङ्गत भएका आफन्तको सम्झनामा सापारुमा सहभागी भएकालाई श्रद्धालुहरुले दूध खुवाउने फलफूल, रोटी, चिउरा साथै द्रव्य दान गर्ने चलन रहेको छ ।

यसरी दान गर्नाले मृत व्यक्तिले पाउने धार्मिक विश्वास रहँदै आएको छ । घरबाट ल्याएका फलफूल, रोटी, चिउरा, द्रव्य दान नगरी घर फर्कन नपाइने र घर फर्किदा घर पस्ने बेलामा विभिन्न पूजा गरी सकेपछि मात्र प्रवेस पाउने परम्परा रहेको छ ।

घरका सदस्यको मृत्यु भएको वर्षभरी शोकको वर्ष हुने भएको हुँदा उनीहरुको सम्झनामा कतै गाईको आकृति, कतै देबीदेवताको आकृति त कतै बिभिन्न जात्रा प्रकृतिको नाचहरु प्रदर्शन गरि शोकमा रहेको घर परिवारलाई सान्त्वना प्रदान गर्ने गरिन्छ । उपत्यकामा सरकारले सार्वजानिक बिदा दिएपनि अन्य क्षेत्रमा भने सरकारले बिदा दिएको छैन ।

नेपालका नेवाः समुदाय बाहुल्यता रहेका सबै शहरहरुमा सापारु निकलिएको छ । अघिल्ला वर्षहरुमा टाढाटाढाबाट नाता कुतुम्बहरुको जमघट हुने गरेपनि कोरोना भाइरसका कारण यस वर्ष भने सापारुमाम कम चहलपहल देखिएको थियो ।

फोटो फिचर

 

 

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  २ : ११ बजे

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना

Indian Defence Minister Visits Nepal Embassy, Expresses Solidarity Over Flood Tragedy

New Delhi. Indian Defence Minister Rajnath Singh visited the Embassy

नेपालको दुःखमा भारतको साथ : दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए समवेदना

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास

भोटेकोशी बाढी : सुरुङ इलाकामा खोज, उद्धार तीव्र

काठमाडौँ । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको