४ पुस २०८२, शुक्रबार | December 19, 2025

अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालयमा कार्यरत १५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमण देखिएपछि प्रहरीको उपस्थिती रहने कार्यालय आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ । उनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् ।

अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । थप संक्रमितको कन्याक ट्रेसिङ सुरु गरिएको अख्तियार स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  २ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको