४ पुस २०८२, शुक्रबार | December 19, 2025

२४ घण्टामा थपिए कोरोना भाइरसका २५९ संक्रमित, हालसम्म संक्रमितको संख्या २१ हजार ९ पुग्यो



काठमाडौं । मंगलबार कोरोना भाइरसका २५९ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार ७ हजार ६८७ जनामा गरिएको पीसीआर परीक्षणमा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म देशभर २१ हजार ९ जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए । सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ रहेको छ ।

जसमध्ये १५ हजार २६ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६५ जना मात्र डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यका प्रवेशका तीन मुख्य नाका नागढुंगा, साँगा र फर्पिङमा स्वाव परीक्षण गरिएको छ ।

नागढुंगामा ६ हजार ६४ जनामा गरिएको परीक्षणमा १६ जना संक्रमित भेटिएका छन् ।

यसैगरी साँगामा ३ हजार ४८२ जनामा गरिएको परीक्षणमा १३ जनामा संक्रमण देखिएको छ भने फर्पिङमा लिइएको १३ सय २ जनाको स्वाव लिइएकोमा ११ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म १० हजा ४५२ जना व्यक्तिहरु अझै पनि क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ४ : ३० बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज