४ पुस २०८२, शुक्रबार | December 19, 2025

बालुवाटार, अख्तियार र परराष्ट्रका कर्मचारीको कोरोना परीक्षण



काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीन सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको आज कोभिड–१९ को परीक्षण गर्नका लागि स्वाब सङ्कलन गरेको छ ।

महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीको कोभिड–१९ परीक्षणका लागि आज स्वाब सङ्कलन गरेको छ ।

महाशाखाका निर्देशक डा वासुदेव पाण्डेका अनुसार प्रधानमन्त्री निवास बालुवाटारका ६०, अख्तियारका ६० र परराष्ट्र मन्त्रालयका १८ जनाको स्वाब सङ्कलन गरिएको छ ।

महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलका अनुसार बालुवाटारमा सुरक्षाकर्मी र कर्मचारी, अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्याक्ट टे«सिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हो ।

यसअघि महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पिसिआर परीक्षण गरेको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ६ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको