१० आश्विन २०७९, सोमबार | September 27, 2022

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण सेयरमा ४.४४ गुणा भन्दा बढी आवेदन



काठमाडौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले जारी गरेको साधारण सेयरमा ४.४४ गुणा भन्दा बढी आवेदन परेको छ। कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलले मंगलबारसम्ममा एक अर्ब ४० करोड रूपैयाँभन्दा बढीको सेयर माग भएको जनाएको छ।

कम्पनीले जारी गरेको साधारण सेयरमा एक अर्ब ४० करोड ५३ लाख ७६० हजार रुपैयाँ बराबरको एक करोड ४० लाख ५३ हजार ७६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ।

कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर निष्काशन गरेको हो।

कम्पनीले निष्काशन गरेको ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण सेयर सामूहिक लगानी कोषको लागि छुट्टाएको छ ।

यस्तै २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ३१ लाख ६० हजार १८३ कित्ताका लागि सर्वसाधारणलाई छुट्टाएको हो । कम्पनीको सेयरमा साउन २१ गते भित्र आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गर्न लागेको साधारण सेयरलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको  अवस्था औषतभन्दा कमजोर रहेको जनाउछ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ७ : ४२ बजे

शिक्षक हत्या आरोपमा ओखलढुंगाबाट एक युवती पक्राउ

काठमाडौं । प्रहरीले ओखलढुंगाबाट शिक्षकको हत्या गरेको आरोपमा एक युवतीलाई

पितृ खुसी पार्नभन्दै कुटेर छोरीको हत्या, आमा घाइते, २२ जना पक्राउ

काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका-३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा

Institutional strengths emerge in China’s fight against COVID-19, economic slowdown

BEIJING: More than two years into the COVID-19 epidemic, China

तीन पटक कालोसूचीमा परेकाको अनुमतिपत्र रद्द हुने कानुन आवश्यक : भौतिक पूर्वाधारमन्त्री इश्तियाक राई

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले तीन

सन्दीपविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी

काठमाडौं । नेपाली क्रिकेट टोलिका निलम्बित कप्तान सन्दीप लामिछानेले छिट्टै