१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण सेयरमा ४.४४ गुणा भन्दा बढी आवेदन



काठमाडौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले जारी गरेको साधारण सेयरमा ४.४४ गुणा भन्दा बढी आवेदन परेको छ। कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलले मंगलबारसम्ममा एक अर्ब ४० करोड रूपैयाँभन्दा बढीको सेयर माग भएको जनाएको छ।

कम्पनीले जारी गरेको साधारण सेयरमा एक अर्ब ४० करोड ५३ लाख ७६० हजार रुपैयाँ बराबरको एक करोड ४० लाख ५३ हजार ७६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ।

कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर निष्काशन गरेको हो।

कम्पनीले निष्काशन गरेको ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण सेयर सामूहिक लगानी कोषको लागि छुट्टाएको छ ।

यस्तै २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ३१ लाख ६० हजार १८३ कित्ताका लागि सर्वसाधारणलाई छुट्टाएको हो । कम्पनीको सेयरमा साउन २१ गते भित्र आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गर्न लागेको साधारण सेयरलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको  अवस्था औषतभन्दा कमजोर रहेको जनाउछ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ७ : ४२ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम