१३ असार २०८३, शनिबार | June 28, 2026

भारत प्रशासित जम्मु–काश्मिर समेट्दै पाकिस्तानले जारी गर्यो नयाँ नक्शा, भारतसँग तनाब चर्किने



एजेन्सी । पाकिस्तानले भारत प्रशासित जम्मु-काश्मिर, लद्दाख, सियाचिन समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको छ ।

आफ्नो संविधानको धारा ३७० खारेज गरेर जम्मु–काश्मिरको विशेषाधिकार अन्त्य गरेको एकवर्ष पुग्नु एक दिनअघि पाकिस्तानले भारतप्रशासित ठूलो भुभागलाई समेटेर नयाँ नक्शा सार्वजनिक गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नक्शा सार्वजनिक गर्दै काश्मिर मुद्दा संयुक्त राष्ट्र सुरक्षा परिषद ९यूएनएससी० को काश्मिरी जनताको आत्मनिर्णयको अधिकार प्राप्तिसहितको प्रस्तावलाई पालना गरेर मात्र हल हुनसक्ने जिकिर गरेका छन् ।

प्रधानमन्त्री खानले विश्व समुदाय द्वारा काश्मिरी जनताको आत्मनिर्णयको अधिकारलाई पालना गर्न लगाउन आग्रह गरेका छन् । उनले आफ्नो सरकारले यो प्राप्तिका लागि प्रयास गरिरहने प्रतिवद्धता जनाएका छन् ।

खानले भनेका छन्, हामी राजनीतिक संघर्ष जारी राख्नेछौं । सैन्य समानधानमा विश्वास गर्दैनौं । तर, संयुक्त राष्ट्र संघलाई बारम्बार भन्नेछौं, काश्मिरी जनतासँग तिमीेले गरेको वाचा पुरा भएको छैन, त्यसका लागि पहल गर ।’

नयाँ नक्शामा गरिएको परिवर्तनबारे जानकारी दिँदै विदेशमन्त्री शाह मोहम्मद कुरैसीले इतिहासमै पहिलो पटक आम जनताको आकांक्षालाई सम्बोधन गर्ने गरी नयाँ नक्शा जारी गरिएको बताए ।

विदेशमन्त्री कुरैसीले प्रशासनिक नक्शा त पहिले पनि जारी गरिएको बताउँदै आमा जनताको भावना समेटिएको नक्शाले पाकिस्तानी जनताको काश्मिरसँगको भावनात्मक सम्बन्धलाई प्रतिबिम्बित गर्ने बताए ।

उनले अधिकृत काश्मिरको विवादित क्षेत्रका रुपमा देखाएको बताउँदै यसको समाधान राष्ट्रसंघको प्रस्ताव र आम जनताको भावना अनुसार हुनुपर्ने जिकिर गरे ।

उनले भने, ‘सियाचिन पाकिस्तानको अभिन्न अंग हो । नक्शाको माध्यमबाट हामीले भारतको अवैध कब्जालाई चुनौती दिएका छौं । र हाम्रो अधिकारको दाबी गरेका छौं

नयाँ नक्शामा भारत प्रशासित काश्मिर, लद्दाख, सियाचिनका अलावा सरक्रिक र जुनारगढलाई पनि पाकिस्तानी क्षेत्रभित्र समावेश गरिएको छ ।

नक्शा जारी गर्न संघीय मन्त्रिपरिषद्, काश्मिरी नेतृत्व र पाकिस्तानको राजनीतिक नेतृत्वले सरकारको कदमको समर्थन गरेको विदेशमन्त्री करैसीले बताए ।

उनले पाकिस्तानको गन्तव्य श्रीनगर भएको पनि स्पष्ट पारे । उनले भने, ‘त्यो दिन ऐतिहासिक हुनेछ ।’

भारतले गतवर्ष आफ्नो संविधानको धारा ३७० मा रहेको जम्मुकाश्मिरको विशेषाधिकार फिर्ता लिँदै राज्यलाई दुई टुक्रामा विभाजित गर्दै आफ्नो अभिभाज्य क्षेत्र दाबी गरेको थियो ।

जम्मु काश्मिरको नयाँ राजनीतिक विभाजनलाई वैधानिकता दिन गत नोभेम्बरमा भारतले नयाँ नक्शा जारी गरेर त्यसलाई संसदबाट समेत अनुमोदन गराइसकेको छ ।

भारतले नयाँ नक्शा जारी गर्दा नेपालको सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लाको कालापानी–लिम्पियाधुरालाई समेत अतिक्रमित गरेको थियो ।

भारतीय अतिक्रमण विरुद्ध नेपालले तत्कालै विरोध जनाएको थियो । नेपालले पनि गत जेठमा कालापानी लिम्पियाधुरा समेटिएको नयाँ नक्शा जारी गरेको छ ।

पाकिस्तानले नयाँ नक्शा जारी गरेपछि पहिलेदेखि नै दुश्मनीपूर्ण रहेको भारत–पाकिस्तानसम्बन्ध झन तनाबपूर्ण हुने देखिएको छ ।

सीमा विवादलाई लिएर दुई मुलुक सन् १९४७ पछि तीनपटक भीषण युद्ध लडिसकेका छन् ।

आणविक शक्तिसम्पन्न दुई मुलुकबीचको तनाबले सिंगो दक्षिण एशियामा नै अशान्तिको बादल मडारिरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ८ : ४५ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट